Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

सहिद कृष्ण गौतमः एक होनाहार चम्किला तारा



उहाँका प्रभावशाली तर्कहरूले मलाई निकै छोएको र प्रभावित पारेको प्रसङ्ग अहिले पनि ताजै भएर घुमिरहन्छ मेरो मानसपटलमा । त्यस पछि हामी लगातार भेट हुने गथ्र्यौं ।

मानिसको जीवन एक महत्वपूर्ण प्राप्ति हो । त्यही खास अवधिमा व्यक्तिले आफ्नो प्रतिभा एवम् क्षमता प्रकट गर्न सक्नु पर्दछ । जुन व्यक्तिले खास समयमा आफ्नो क्षमता प्रकट गर्न सक्छन् ती व्यक्तिहरू सफल व्यक्तित्वका रुपमा परिचित हुने गर्दछन् । मृत्यु र जीवन दुई परस्पर विपरीत तर अनिवार्यरुपमा प्रत्येक व्यक्तिसँग जोडिएका प्रहरहरू हुन् । जुन व्यक्तिले आफ्नो जीवनकालमा केही कार्यहरू अरुको निम्ति गरेको हुन्छ ती व्यक्तिहरू मृत्युपछि पनि समाजमा स्थापित भइरहन्छन् ।

पर्वत जिल्लाको पैयुँखोलामा जन्मिएका कृष्ण गौतम त्यही परिचित नाम मध्येका हुनुहुन्छ जसले मृत्युपछि पनि अरुलाई प्रेरणा दिइरहनुभएको छ । हामीलाई उहाँले युगयुगसम्म सम्झिरहने बनाउनुभएको छ । महान् सहिद कृष्ण गौतम एक होनहार शैक्षिक व्यक्तित्व हुनुहुन्थ्यो । प्राप्त गरेको ज्ञानलाई समाज बदल्ने सपनातर्फ लगी प्रेरित गर्न र सहज संप्रेषण गर्न सक्ने क्षमताको धनी हुनहुन्थ्यो । आफ्नो औपचारिक अध्ययन र स्वअध्ययनमा मेघावी रहनु उहाँको गुण थियो । दाजु उदय गौतमसँगको धेरै पहिलेदेखिको हार्दिक सम्बन्धका कारणले कृष्ण गौतमलाई नजिकबाट चिन्ने मौका मिलेको थियो । पञ्चायतकालिन अवस्थामै हामी सक्रिय राजनीति गर्ने सन्दर्भमा काठमाडौँं कालधारामा मेरो पहिलो भेट भएको थियो, कृष्णसँग । उहाँका प्रभावशाली तर्कहरूले मलाई निकै छोएको र प्रभावित पारेको प्रसङ्ग अहिले पनि ताजै भएर घुमिरहन्छ मेरो मानसपटलमा । त्यस पछि हामी लगातार भेट हुने गथ्र्यौं ।

कृष्ण आफै विचारधारात्मक रुपमा परिपक्व हुनुहुन्थ्यो । पञ्चायती व्यवस्था हुँदै राजतन्त्रको अन्त्य गर्नका लागि दृढ इच्छा शक्तिको आवश्यकता पर्ने भएकोले विचाराधारामै शसक्त हुनु आवश्यक थियो । मालेमावादप्रतिको निष्ठाले मात्रै व्यवहारिक राजनीतिमा टिक्न सकिने बेजोड तर्क उहाँको हुन्थ्यो । समकालीन राज्य व्यवस्था बदल्ने मात्रै होइन । कस्तो र कुन राज्य व्यवस्था हामी नेपालीका लागि आवश्यक छ भन्ने बहस हुँदा उहाँ जहिले पनि श्रमिक, मजदुर र किसानको हित हुने राज्य व्यवस्थाको पक्षमा हुनुहुन्थ्यो । त्यति मात्रै होइन त्यस्तो राज्य व्यवस्था ल्याउन श्रमिक उत्पीडित वर्गको नेतृत्वमा शक्तिशाली सांगठनिक संरचना भएको पार्टी चाहिरहने विषयले उहाँलार्र्र्ई सक्रिय हुन प्रेरित गर्दथ्यो र उहाँ संगठनात्मक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो ।

संगठन निर्माणका लागि व्यक्तिको व्यवहार र कुशलता आवश्यक पर्दछ । व्यवहारिक विषयहरूको सहकार्यद्वारा अरुलार्र्र्ई प्रभावित पार्ने क्षमताले मात्रै व्यक्ति/व्यक्तिहरूलाई संगठनमा आबद्ध गर्न सकिन्छ । कृष्णजीले भेटेरै कुरा गरेका अधिकांश व्यक्तिहरू संगठनमा आवद्ध हुन तयार हुन्थे । त्यसैले कृष्णजीबाट सांगठनिक कला सिक्न हामीलाई पनि सजिलो हुने गर्दथ्यो ।

त्यतिबेला तीन प्रकारका क्षमता भएका व्यक्तिहरूको ज्यादै खाँचो पर्ने गर्दथ्यो । बैचारिक क्षमता, सांगठनिक क्षमता र खट्न सक्ने इच्छा शक्ति सहितको सक्रियता । महान् सहिद कृष्ण गौतमसँग यी तीनै गुणहरू थिए । अझै उहाँ कुशल शिक्षक भएर पैयुँखोलाको स्थानीय जनसमुदायहरूसँग व्यवहारिक रुपमा नै भिजिसक्नुभएको थियो । महान् जनयुद्धको त्यो चरणमा सयौंका सयौं कृष्ण गौतम जस्ता प्रतिभावान व्यक्तिहरूको भौतिक रक्षा हुन सकेन । फेरि पनि उहाँहरूको प्रेरणाले नेपालमा गणतन्त्र घोषणा हुने समयसम्म हजारौं योद्धाहरू होलटाइमर भएर आन्दोलनमा सहभागी भए । संघीय लोकतान्त्रिक गणतन्त्रको वर्तमान अवस्थामा पनि उहाँको प्रेरणाले हामीलाई थप हौसला दिइरहेको छ । कृष्ण गौतम जस्ता होनहार योद्धा, विचारक, संगठक, आज पनि हाम्रो नजरमा आइरहनुभएको छ । जीवन बलिदान गरेर पनि हामीलाईप्रज्ज्वलित गराएकोमा हार्दिक सलाम, चम्किला तारा कृष्ण गौतमलार्ई ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित पक्का जस्तै देखिएको छ ।

काठमाडौं । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा २५

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की नेतृ रेनु दाहाल विजयी भएकी

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय