back
CTIZAN AD

मगर संघ अमेरिकाले पठायो सपनाको उच्च शिक्षाको लागि आर्थिक सहयोग

वि.सं.२०७७ मंसिर १७ बुधवार

879 

shares

१७ मंसिर, काठमाडौं । मगर संघ अमेरिकाले बीबीसीको १०० औं प्रभावशाली महिलामा पर्न सफल भएकी म्याग्दीकी सपना रोका मगरको उच्च शिक्षाको लागि आर्थिक सहयोग पठाएको छ ।

संघले सपनाको उच्च शिक्षाको लागि १ लाख १० हजार पाँचसय रुपैयाँ सहयोग पठाएको हो । कलिलो उमेरमै संघर्षशील रहेर मगरसमुदायको मात्र नभएर सिंगो देशकै नाम फैलाउन सफल भएकी रोका मगरको उच्च शिक्षाका लागि आफूहरुले केही सहयोग गर्न पाएकोमा गर्व लागेको मगर संघ अमेरिकाका अध्यक्ष कुलदीप राना मगरले बताएका छन् ।

नेपाल मगर संघद्धारा मंगलबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा सपनालाई उक्त रकम हस्तान्तरण गरिएको थियो । मगर संघ अमेरिकाले आफ्नो उच्च शिक्षाका लागि उक्त रकम पठाएकोमा सपनाले खुसी व्यक्त गर्दै हौसला, साथ र सहयोगका लागि मगर संघ अमेरिकाप्रति आभार व्यक्त गरेकी छन् ।

स्मरण रहोस्, बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र मार्फत् सडकमा बेवारिसे बनेकाहरुका लागि खाना खुवाउँदै आएकी तथा संस्थाका अध्यक्ष विनयजंग वस्नेतसँग मिलेर सडक, अस्पताल लगायत विभिन्न ठाउँमा बेवारिसे बनेका शबहरुको व्यवस्थापन गर्दै आएकी सपनालाई गत साता बीबीसीले सन् २०२० को संसाभरीका १०० प्रतिभाशाली महिलाको सूचीमा राखेको हो ।

 

वि.सं.२०७७ मंसिर १७ बुधवार १९:५१ मा प्रकाशित

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...