back
CTIZAN AD

नेपाल मगर संघद्धारा सपना रोका मगरलाई सम्मान

वि.सं.२०७७ मंसिर १७ बुधवार

897 

shares

१७ मंसिर, काठमाडौं । नेपाल मगर संघले बीबीसीको १०० औं प्रभावशाली महिलामा पर्न सफल भएकी नेपाली चेली सपना रोका मगरलाई बधाई तथा सम्मान गरेको छ ।

नेपाल मगर संघ केन्द्रीय कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा रोका मगरलाई ल सम्मान गरिएको हो ।
संघले बीबीसीको १०० औं प्रभावशाली महिलामा पर्न सफल रोका मगरलाई विश्वभरी रहेका मगरहरुको तर्फबाट सम्मान गर्न पाउँदा गर्व लागेको बताएको छ ।

नेपाल मगर संघका केन्द्रीय अध्यक्ष तथा अन्तराष्ट्रिय मगर महासंघका अध्यक्ष नविन रोका मगरको सभापतित्वमा सम्पन्न भएको उक्त सम्मान कार्यक्रमको महासचिव ज्ञानेन्द्र पुन मगरले संचालन गरेका थिए ।

सम्मानका क्रममा संघका अध्यक्ष तथा कार्यक्रमका सभापति नविन रोका मगरले मगर समुदाय र मगर समाजमा जन्मिएकी नेपाल र नेपालकी छोरी सपना रोका मगरले जीवनमा लामो संघर्ष गर्दै बीबीसीको सयजना प्रतिभाशाली महिलाको सूचीमा पर्न सफल भएकोमा बधाई दिएका थिए । ‘संघको तर्फबाट प्रवासी मगर संघ, नेपाल आदिवासी जनजाति महासंघ र संसारभरी रहेका लाखौ मगरहरु र करोडौ नेपालीहरुको तर्फबाट बधाई तथा सम्मान व्यक्त गर्न चाहान्छु ।’ मन्तव्यका क्रममा अध्यक्ष मगरले भने ।

सोहि अवसरमा सम्मानित रोका मगरले मंगरले संघबाट सम्मानित हुन पाउँदा खुसी लागेको बताइन् । उनले मन्तव्यकै क्रममा मगरले बीबीसीमा आफ्नो नामा आएको भन्दा पनि नेपालको नाम राख्न सफल भएकोमा खुसी लागेको बताइन् ।
सो कार्यक्रममा मगर संघका सल्लाहकार तथा व्यवसायी कृष्ण मगर, संघकी उपाध्यक्ष गंगा खासु, संघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

 

वि.सं.२०७७ मंसिर १७ बुधवार १९:२४ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...