back
CTIZAN AD

रिहा भए नेता पौडेल

वि.सं.२०७७ मंसिर १७ बुधवार

840 

shares

१७ मंसिर, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा गरिएका छन् ।

निषेधाज्ञा उल्लंघन गरेको भन्दै तनहुँमा पक्राउ गरिएका नेता पौडेल रिहा भएका हुन् । जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पौडेललाई झन्डै तीन घन्टापछि रिहा गरिएको हो ।

ब्यास नगरपालिका १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा पक्राउ परेका थिए ।

पौडेलसँगै पक्राउ परेका कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आले पनि रिहा भएका छन् ।

रिहाभए लगत्तै नेता पौडेलले सरकारले सुरक्षा दिनुको सट्टा उल्टो अधिनायकवादी चरित्र देखाउँदै आफूलाई पक्राउ गरिएको आरोप लगाएका छन् ।

नेता पौडेललाई तुरुन्त रिहा गर्न माग गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको प्रवृत्ति विरुद्व देशव्यापी प्रतिरोधमा उत्रनेत तोवनी दिएक थिए भने युवा नेता गगन थापाले पनि गिरफ्तारी नियोजित भएको भन्दै पौडेल गिरफ्तारीको घटना सरकारलाई निकै महँगो पर्ने पनि चेतावनी दिएका थिए ।

वि.सं.२०७७ मंसिर १७ बुधवार १९:०९ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...