back
CTIZAN AD

कांग्रेस नेतृत्वमा बनेको संविधानमै अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित – नेपाली काँग्रेस

वि.सं.२०७७ मंसिर १८ बिहीवार

729 

shares

१८ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा निर्माण भएको नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिहरुलाई राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गरिएको बताएको छ । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा शुभकामना दिँदै सभापति देउवाले सो बताएका हुन् ।

उनले अपाङ्गहरुलाई राज्यको निर्णायक संरचनामा सहभागिता र प्रतिनिधित्वको व्यवस्था हुनुपर्दछ भन्ने नेपाली कांग्रेसको धारणा रहेको उल्लेख गरेका हुन् ।

नेपाली काँग्रेस सदैव उनीहरुको शिक्षा, स्वास्थ्य, रोजगारीको समुचित प्रबन्ध, सामाजिक सुरक्षा र सम्मानपूर्वक जीवनयापनका लागि क्रियाशील रहिरहने प्रतिबद्धता पनि शुभकामना वक्तव्यमा जनाइएको छ ।

शुभकामना वक्तव्य :
मंसिर  १८, २०७७
शुभ—कामना
(अन्तर्राष्ट्रिय अपाङ्ग दिवस)
संयुक्त राष्ट्र संघले सन् १९८१ देखि अपाङ्गता भएका व्यक्तिहरुको हक, हित र अधिकार प्राप्तिका लागि अन्तर्राष्ट्रिय रुपमै अपाङ्ग दिवस मनाउँदै आइरहेको सन्दर्भमा ३ डिसेम्बर १९९२ देखि नेपालले पनि उक्त दिवस मनाउँदै आएको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा अपाङ्ग दिदीबहिनी तथा दाजुभाइहरुले पु¥याउनु भएको साहसिक र महत्वपूर्ण योगदानको नेपाली कांग्रेस उच्च सम्मान गर्दछ । मुलुकको जनसंख्यामा उल्लेख्य संख्यामा रहेका अपाङ्गहरुलाई राज्यको निर्णायक संरचनामा सहभागिता र प्रतिनिधित्वको व्यवस्था हुनुपर्दछ भन्ने नेपाली कांग्रेसको धारणा रहँदै आएको छ । नेपाली कांग्रेसको नेतृत्वमा निर्माण भएको नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिहरुलाई राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गरिएको छ । उहाँहरुको शिक्षा, स्वास्थ्य, रोजगारीको समुचित प्रबन्ध, सामाजिक सुरक्षा र सम्मानपूर्वक जीवनयापनका लागि नेपाली कांग्रेस सदैव क्रियाशील रहिरहने छ ।
अन्तमा, उहाँहरुमा अन्तरनिहित क्षमता, दक्षता, शीप, योग्यता मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा सदुपयोग गर्न सकियोस् भन्दै अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको पूर्ण सफलताको शुभ–कामना व्यक्त गर्दछु ।
जय नेपाल !
शेरबहादुर देउवा
सभापति

वि.सं.२०७७ मंसिर १८ बिहीवार १२:५६ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...