१८ मंसिर, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव राखेको हो ।
संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २२ प्रतिशत बोनस र ७ प्रतिशत नगद (बोनस र नगदमा लाग्ने कर समेत) गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
वि.सं.२०७७ मंसिर १८ बिहीवार १२:४३ मा प्रकाशित






























