back
CTIZAN AD

शक्ति प्रदर्शन गर्दै रामचन्द्र पौडेलले गरे पुल उद्घाटन (भिडियोसहित)

वि.सं.२०७७ मंसिर १८ बिहीवार

690 

shares

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ व्यास नगरपालिकाको बुल्दीखोलाको पुल उद्घाटन गरेका छन् । उनी सयौं कार्यकर्तासहित पुगेर पुल उद्घाटन गरेका हुन् ।

यसअघि सत्तारुढ नेकपाका कार्यकर्ताले अवरोध गरेपछि पुल उद्घाटन रोकिएको थियो । पुल उद्घाटनको विषयमा विवाद बढ्दै जाँदा बुधबार तनहुँ प्रशासनले निषेधाज्ञासमेत लगाएको थियो ।

तर, प्रशासनले लगाएको निषेधाज्ञा तोड्दै पुल उद्घाटन गर्न पुगेपछि पौडेललाई प्रहरीले पक्राउ गरि नियन्त्रणमा लिएको थियो । उनलाई बुधबार तीन घण्टाको हिरासतपश्चात छोडिएको थियो ।

बुधबारको घटनाबाट आक्रोशित पौडेलले बुधबार दलबलसहित प्रदर्शन गर्दै पुलको उद्घाटन गरेका हुन् । पुल उद्घाटनमा कार्यक्रममा पौडेलसहित कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदिप पौडेल, धुव्र वाग्लेलगायत पनि पुगेका थिए ।

कांग्रेसले पुल उद्घाटनको विषयलाई आफ्नो प्रतिष्ठा बनाएको थियो ।

यस्तो छ भिडियो

वि.सं.२०७७ मंसिर १८ बिहीवार १४:२७ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...