
१८ मंसिर, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले शेयरधनीलाई १०.५३ लाभांश वितरण गर्ने घोषण गरेको छ ।
संस्थाको मंसिर १७ गते बसेको समितिको बैंठकले उक्त्त प्रस्ताव राखेको हो । यस अघि १५ प्रतिशत नगद लाभांश र २.५प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो । उक्त्त प्रस्ताव बिमा कम्पनिले अस्वीकृत गरेपछि नयाँ लाभांश घोषण गरेको हो ।
इन्स्योरेन्सले लगानीकर्तालाई आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई बीमा समितिले अनुमति दिएर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्ने छन् ।