back
CTIZAN AD

राजनीतिमा आउँदै सुपरस्टार नायक रजनीकान्त

वि.सं.२०७७ मंसिर १८ बिहीवार

876 

shares

दक्षिण भारतीय फिल्मका सुपस्टार रजनीकान्त राजनीतिमा लाग्ने भएका छन् ।  तमिलनाडुमा आगामी वर्ष हुने विधानसभा चुनाव भन्दा पहिले पार्टी खोल्ने घोषणा गरेका हुन् ।

उनले सामाजिक संजाल ट्विटरमार्फत २०२१ जनवरीमा पार्टी खोल्ने बताउँदै यसका बारेमा ३१ डिसेम्बरमा जानकारी दिइने बताएका छन् ।
नयाँ पार्टी खोल्ने घोषणा गरेसँगै रजनीकान्त आफै विधानसभाको चुनावमा उम्मेदवार बन्न सक्ने आंकलन समेत गरिएको छ ।

रजनीकान्तका प्रवक्ता रियाजले आफ्नो पार्टीले विधानसभा चुनाव जित्ने र इमानदार, पारदर्शी तथा भ्रष्टाचार मुक्त अध्यात्मिक राजनीति दिने बताएका छन् ।

अभिनेता रजनीकान्तले आफ्नो पार्टीमा ६० देखि ६५ प्रतिशत उम्मेदवार ४५ देखि ५० वर्षका र बाँकी सिटमा अन्य पार्टीका राम्रा मानिस, पूर्व न्यायाधिश र पूर्व आइएसलाई दिइने घोषणा गरिसकेका छन् ।

तर राजनीकान्तलाई उनको स्वास्थ्यका कारण डाक्टरहरुले राजनीतिमा नआउन सुझाव दिएका छन् । डाक्टरका अनुसार उनी राजनीतिमा आएपछि कामको धेरै दवाव बढ्ने हुनाले उनको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने देखिन्छ ।  तमिलनाडुमा आगामी अप्रिल–मेमा विधानसभाको चुनाव हुन गइरहेको छ ।

वि.सं.२०७७ मंसिर १८ बिहीवार १४:४६ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...