back
CTIZAN AD

आन्दोलनको चेतावनीसहित नेपाल महिला संघले माग्यो गृहमन्त्रीको राजिनामा

वि.सं.२०७७ मंसिर १८ बिहीवार

870 

shares

१८ मंसिर, काठमाडौं । नेपाल महिला संघले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि सरकारले बदनियतपुर्ण दुव्यर्वहार गरेको भन्दै गृहमन्त्री राम बहादुर थापा बादलको राजिनामाको माग गरेको छ ।

संघले विहिबार एक विज्ञप्ति जारी गरी तनहुँमा पुल उद्घाटनका लागि गएका वरिष्ठ नेता पौडेलमाथि दुव्र्यवहार र गिरफ्तारी गर्नुका साथै उनीसँगै भएका तनहुँका नेपाली कांग्रेसका नेताहरुमाथि समेत लाठीचार्ज र अश्रुग्यास प्रहार गरिएको भन्दै घटनाको भत्र्सना गरेको छ । ‘यो लोकतन्त्रको खोल ओढेर बर्बर तनाशाही प्रवृत्तिको आक्रमण हो । लोकतन्त्रमाथिकै प्रहार हो ।’ विज्ञप्तिमा भनिएको छ ।

‘नेपाल महिला संघ यस निन्दनीय घटनाको घोर भत्र्सना गर्दछ । दोषी उपर कडा कारबाहीको माग गर्दै गृहमन्त्रीको राजिनामाको समेत माग गर्दछ । यस्तो लोकतन्त्र विरोधी कामगर्ने सरकारको यस्ता कदमको विरुद्ध सडक आन्दोलन गर्ने चेतावनी दिइन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७७ मंसिर १८ बिहीवार १५:२२ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...