back
CTIZAN AD

ओलीले प्रधानमन्त्री हुने भए अध्यक्ष पद छोड्नैपर्छ : देवेन्द्र पौडेल

वि.सं.२०७७ मंसिर १८ बिहीवार

741 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य देवेन्द्र पौडेल ‘सुनील’ले पार्टीभित्रको समस्याको निकास दिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पदमध्ये एक पद छोड्नैपर्ने बताएका छन् । बिहिबार रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक लिनुपर्ने बताएका हुन् ।

उनले ओलीसँग पुनः पुरानै तरिकाले सम्झौता नहुने पनि स्पष्ट पारे । ‘ओली प्रधानमन्त्री रहने भए अध्यक्ष पद छोड्नुपर्छ, एक पद मात्रै लिनुपर्छ, अब पुरानै तरिकाले उहाँसँग सम्झौता हुँदैन, त्यस्तो सम्भव पनि छैन’, पौडेलले भने ।

उनका अनुसार पार्टीको विधान र पद्धतिअनुसार चल्न खोजिएमा पार्टी विवाद समाधान हुन्छ । पार्टीको निर्णयलाई ओलीले आत्मसात गर्नुको विकल्प नरहेको उनको भनाई छ ।

पौडेलका अनुसार पार्टी सचिवालयमा पेश भएका दुवै प्रतिवेदनमाथि गहन छलफलपछि मात्रै निकास निस्कन सम्भव हुन्छ । त्यसको लागि ओली तयार हुनुपर्ने उनको भनाई छ ।

वि.सं.२०७७ मंसिर १८ बिहीवार १५:३७ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...