back
CTIZAN AD

नेप्से ओरालो लागेपनि कारोवार रकममाभने बृद्धी, दुई समुह बाहेक सबै कम्पनी उपसूचक समुहको परिसूचक ओरालो लागे

वि.सं.२०७७ मंसिर १८ बिहीवार

741 

shares

१८ मंसिर,काठमाडौं । साताको पाँचौ दिन बिहिबार सेयर कारोवार नेप्से ओरालो लागेको छ । बुधाबार ७०.६२ अंकले बृद्धि भएको नेप्से आज घटेर १५.५७ मा झरेपनि कारोवार रकमभने बढेको छ । आज समग्र कारोवार रकम ८ अर्व नाघेको छ ।

आज नेप्से परिसूचक १५.५७ अंकले घटेर २०५५.४५ विन्दुमा झरेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोवार मापक सेन्सेटिभ पनि ३.७५ अंकले घटेर ३९२.२९ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ ।

आज माइक्रो फाइनान्स र लुघुवित्त बाहेकका सबै कम्पनी उपसूचक समुहको परिसूचक ओरालो लागेको छ । आज सबैभन्दा बढि जिवन बीमा कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन । उनीहरुले २५८.२६ अंकले गुमाएका छन् ।

आज कूल सूचिकृत मध्ये २०० कम्पनीको ८ अर्ब २ करोड ६० लाख २३ हजार ७९८ रुपैयाँ वरावरको १ करोड ५८ लाख ८९ हजार ५६० कित्ता सेयर किनबेच भएको छ भने तिनको कारोवारमा ६४ हजार ४२६ पटक लेनदेन भएको छ ।

आजको कारोवारमा छिमेकि लघुवित्त बिकास बैंकले सबैभन्दा बढि कमाएको छ । उसले मात्र ९३ अंकले कमाउदै ६.४० प्रतिशतको वृद्धि कायम गरेको छ । त्यस्तै अंकका आधारमा डिडि बैंक(९०) ले कामाउदा बोट्लर्स नेपाल तराई(४९९), साल्ट टे«डेङ कर्पोरेसन(४२५), बिशाल बजार कम्पनी(२३९) लगायतका लगानिकर्ताहरुले गुमाएका छन् ।

आजको बजारमा कारोवार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी शिर्ष स्थानमा रह्यो । उसको मात्र १ अर्ब ११ करोड ४० लाख ८ हजार ५७७ रुपैयाँ वरावरको ६ लाख ३५ हजार ८४५ कित्ता सेयर किनबेच भयो । कारोवार बन्दहुदा उसको प्रतिकित्ता सेयर मुल्य १७३५ रहेको छ । त्यस्तैै नेपाल दुरसञ्चार कम्पनी, नेपाल लाईफ इन्सुरेन्स, नेसनल लाईफ इन्सुरेन्स क्रमश दोश्रो, तेस्रो र चौथो स्थाानमा रहे ।

कारोवार संख्याको आधारमा एनएमबी(५०) शिर्ष संथानमा रह्यो । त्यस्त कारोवार संख्याकै आधारमा नेपाल पुनर्बीमा कम्पनी, प्राईम कमर्सियल बैंक, नबिल बैंक क्रमश दोश्रो, तेस्रो र चौँथो स्थानमा रहे ।

आज कुल सूचिकृत कम्पनी मध्ये ३६ कम्पनीका लगानिकर्ताले कमाएका छनभने १३३ अकम्पनीका लगानिकर्ताले गुमाएका छन् । त्यस्तै ४ कम्पनीको कारोवारमा कुुनैपनि परिवरतन नआएको नेप्सेले जनाएको छ ।

Market Summary
Total Turnover Rs: 8,026,023,798
Total Traded Shares 15,889,560
Total Transactions 64,426
Total Scrips Traded 200

Market Information
Index Current Points Change %Change
NEPSE 2,055.45 15.57 0.75
Sensitive 392.29 3.76 0.95 
Float 138.41 0.8 0.57 
Sen. Float 124.07 1.22 0.98 
Sub-Indices Current Points Change %Change
Banking 1,498.59 8.73 0.58  
Trading 2,151.32 160.42 6.94
Hotels 2,050.47 8.35 0.41  
Development Bank 2,219.36 20.35 0.91
HydroPower 1,731.67 10.36 0.6
Finance 895.39 6.73 0.75 
Non Life Insurance 9,912.60 166.41 1.65 
Manu.& Pro. 4,772.42 72.96 1.51 
Others 1,797.85 19.31 1.06
Microfinance 3,188.61 30.08 0.95  
Life Insurance 12,606.69 258.26 2.01
Mutual Fund 11.41 0.05 0.42  

वि.सं.२०७७ मंसिर १८ बिहीवार १५:४४ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...