back
CTIZAN AD

प्रचण्डलाई मनाउन ओलीका विश्वासपात्रहरुको दौडधुप

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

687 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद चरम उत्कर्षमा छ । विवाद बढेसँगै दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बोलचालसमेत छैन् । दुई अध्यक्षबीच वार कि पार को संघर्ष चलेको छ ।

तर, दुई अध्यक्षबीच बोलचालसमेत बन्द भएको अवस्थामा ओलीका विश्वासपात्र मानिने नेताहरुले भने सक्रियता बढाएका छन् । ओलीका विश्वासपात्र भनिने नेताहरु विष्णु पौडेल, ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङ्गले एक पछि अर्को गर्दे प्रचण्डलाई भेटिरहेका छन् ।

एकै दिन दुई जनाले भेटे प्रचण्डलाई

बिहिबार पार्टी महासचिवसमेत रहेका विष्णु पौडेल र स्थायी समिति सदस्य सुवाचन्द्र नेवाङ्ग प्रचण्डलाई भेट्न बेग्ला बेग्लै समयमा खुमलटार पुगेका थिए । एकपछि अर्को गरि उनीहरुले प्रचण्डले विभिन्न प्रस्तावसमेत राखेका थिए ।

बिहिबार पौडेल र नेमाङ्गले भेटेसँगै शुक्रबार पनि उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले प्रचण्डलाई निवासमै पुगेर भेटेका छन् । पोखरेलले शुक्रबार बिहान अध्यक्ष प्रचण्डसँगै झण्डै १ घण्टा बिताएका थिए ।

स्रोतले जनाइएअनुसार ओलीको सन्देश बिकेर गएका तीनै नेताले प्रचण्डलाई आफ्नो प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् । साथै साझा नयाँ प्रस्ताव लैजान पनि आग्रह गरेका छन् ।

जनाइएअनुसार ओलीले यही अवस्थामा डाकिने अर्को सचिवालय बैठक उपस्थित नहुने पनि सन्देश प्रचण्डलाई पठाएका छन् । यसअघि ओलीको अनुपस्थितिसँगै सचिवालयको बैठक मंसिर २० सम्मको लागि स्थगित भएको थियो ।

वि.सं.२०७७ मंसिर १९ शुक्रवार १५:३७ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...