
२० मंसिर, काठमाडौं । नेपाल बङ्गलादेश बैंकले काठमाडौं महानगरपालिका वडा नं ३२, सुविधानगर, स्थित सामुदायिक विकास समितिलाई ३ लाख रुपैँया रकम हस्तान्तरण गरेको छ ।
बैंकको कमलादी स्थित प्रमुख कार्यलयमा भएको कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह र प्रमुख संचालन अधिकृत सुरेश देवकोटाद्वारा समितिका सचिव श्री हर्क बहादुर भट्टराईलाई रकम हस्तान्तरण गरेका हुन् ।
समितिले आफ्नो क्षेत्र भित्र बाटो, ढल, खानेपानी, विजुलीवत्ती, टोल सुधार मर्मत, मन्दिर निर्माण, पार्क उद्यान निर्माण तथा सरसफाईको कार्य अनवरत रुपमा गर्दै आएको छ ।
हस्तान्तरण गरिएको उक्त्त रकम सो समितिले निर्माण गरेको सामुदायिक पुस्तकालयका लागि आवश्यक पुस्तक खरिद तथा सोहि पुस्तकालयको व्यवस्थापनका लागि उपयोग गरिने समितिले बताएको छ ।