back
CTIZAN AD

गजल

वि.सं.२०७७ मंसिर २० शनिवार

714 

shares

जगत सारा शन्त्रास देख्दैछु मृत्यु शैयाबाट,
आमा म अन्तिम पत्र लेख्दैछु मृत्यु शैयाबाट ।

छट्पट्टीले अन्तर हृदय जल्छ देखेन कसैले,
बाँच्ने आशामा काल छेक्दैछु मृत्यु शैयाबाट ।

दुख्छ अनि पोल्छ मुटु रातदिन मरेर बाँच्दैछु,
आलो घाउ बारबार सेक्दैछु मृत्यु शैयाबाट ।

इच्छा त्यो भरोशाको फूल कन्दरामा फुलाउने,
त्यहि आकांक्षा चाहना टेक्दैछु मृत्यु शैयाबाट ।

हटेर गयो आशा मगमगाउँदै सुगन्ध फैलाउने,
अनि त आफ्नै जीवन मेट्दैछु मृत्यु शैयाबाट ।

बिपनाको खुशीमा रमाउने चाहना हराएपछि,
अवश्य सपनाको शैल थेग्दैछु मृत्यु शैयाबाट ।

वि.सं.२०७७ मंसिर २० शनिवार ०९:४९ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...