back
CTIZAN AD

ओली–प्रचण्डबीचको एक्लाएक्लै संवाद, के नेकपाको विवाद समाधान उन्मुख हो ?

वि.सं.२०७७ मंसिर २० शनिवार

696 

shares

काठमाडौं । अन्यौंलता नै अन्यौंलताका बीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । बैठक सबा १ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित छन् ।

बैठक अघि पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एक्ला एक्लै छलफल भएको थियो । ओलीसँग छलफल गर्नको लागि प्रचण्ड बैठक समयभन्दा डेढ घण्टा अगावै बैठक स्थलमा पुगेका थिए ।

शनिबारको बैठक अघि ओली र प्रचण्डबीच के कुराकानी भयो भन्ने जानकारी नभएपनि दुई अध्यक्षबीचको छलफल सौहार्दपूर्णं रहेको स्रोतले बताएको छ । दुई अध्यक्षबीचको छलफलपश्चात नै सचिवालय बैठक बस्न सम्भव भएको बताइएको छ ।

जनाइएअनुसार यसअघि शुक्रबार साँझ पनि दुई अध्यक्षबीच टेलिफोन संवाद भएको थियो ।

झण्डै १ महिनापछि एक्लाएक्लै संवाद

पछिल्लो विवादसँगै ओली र प्रचण्डबीच सौहार्दपूर्णं रुपमा छलफल हुन सकेको थिएन । दुई अध्यक्षबीच बैठक स्थलभन्दा बाहिर भेटघाट पनि भएको थिएन ।

शनिबार भएको भेट ओली र प्रचण्डबीच झण्डै १ महिना लामो अन्तरालमा भएको भेट हो । यसअघि कात्तिक २५ मा ओली र प्रचण्डबीच एक्ला एक्लै भेट भएको थियो ।

जसपश्चात भने सामुहिक रुपमा तथा बैठक स्थलमा मात्रै भेट भएको थियो । ओली र प्रचण्डबीच फोन संवादसमेत हुन सकिरहेको थिएन ।

के समाधान निस्केला त ?

गत कात्तिक २८ मा बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउँदै १९ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रचण्डको जवाफी प्रस्तावस्वरुप ओलीले गत मंसिर १३ मा बसेको सचिवालय बैठकमा ३८ पृष्ठ लामो प्रतिवेदन छलफलको लागि अगाडि सारेका थिए । जहाँ उनले प्रचण्डमाथि निकै गम्भीर र व्यक्तिगत आरोपहरु समेत लगाएका छन् ।

जसपश्चात दुई अध्यक्षबीच निकै कटुतापूर्णं सम्बन्ध देखिएको थियो । श्रृंखलाबद्ध आरोप–प्रत्यारोपको प्रतिवेदन पछि नेकपाभित्रको विवाद पनि गहिरिएको हो । दुई अध्यक्षबीच संवादसमेत हुन सकेको थिएन ।

शुक्रबारको टेलिफोन संवाद र शनिबारको सचिवालय बैठक अघि भएको प्रत्यक्ष भेट सौहार्दपूर्णं भएपनि प्रस्तावका विषयमा दुई नेताबीच निकै कटुता छ । नेकपाका कतिपय नेता दुई अध्यक्षसँग एकता र विभाजनको विकल्प नभएको हुँदा उपाय निस्कने सक्ने अपेक्षा गर्दछन् । दुवै अध्यक्षले राखेका प्रस्ताव फिर्ता गरेर आत्मसमिक्षा गर्दै नयाँ सहमती पनि हुनसक्ने सम्भावनालाई उनीहरुले औंल्याएका छन् ।

वि.सं.२०७७ मंसिर २० शनिवार १४:४७ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...