back
CTIZAN AD

मापदण्डविपरीत सञ्चालनमा रहेका औषधि पसल बन्द

वि.सं.२०७७ मंसिर २० शनिवार

711 

shares

२० मंसिर, बाग्मती । औषधि व्यवस्था विभागको वीरगञ्ज कार्यालयले सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेका आधा दर्जन क्लिनिक तथा औषधि पसल बन्द गराएको छ ।

कार्यालयका अनुसार बाराको गढीमाई नगरपालिकाको वरियारपुर बजारमा गरिएको बजार अनुगमनमा मापदण्डविपरीत सञ्चालनमा रहेका प्राथमिक स्वास्थ्य क्लिनिक, गोविन्द हेल्थ क्लिनिक, कुशवाहा भेट फर्मा, सपना स्वास्थ्य क्लिनिक, तरुण भेट फर्मा, तथा ठाकुर सर्जिकल औषधि पसल बन्द गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको उक्त कार्यालयका निमित कार्यालय प्रमुख भाग्यनारायण सिंहले जानकारी दिए ।

कतिपयले नेपालमा प्रतिबन्धित औषधि राखेर बिक्री गरेको पाइएको, म्याद सकिएका औषधि बिक्रीका लागि राखेको र औषधि व्यवस्था विभागमा पसल दर्तासमेत नभएको अनुगमनका क्रममा फेला परेको सिंहले बताए । कारवाही प्रक्रिया पूरा नभएसम्म कारोवार नगर्न आदेश गरिएको बताइएको छ ।

वि.सं.२०७७ मंसिर २० शनिवार १५:०६ मा प्रकाशित

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...