back
CTIZAN AD

सम्पदा संरक्षण उच्च प्राथमिकतामा

वि.सं.२०७७ मंसिर २० शनिवार

738 

shares

२० मंसिर, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सम्पदा संरक्षण र सम्बद्र्धनमा गर्न उच्च प्राथमिकमा राखी काठमाडौँभित्रका सम्पदालाई बाहिर जिल्लाका सम्पदासँग जोडेर पर्यटन व्यवस्थापन गर्ने भएको छ ।

कामपा प्रमुख विद्यासुन्दर शाक्यले वडा २५ श्रीघः, नघलस्थित धर्मकीर्ति विहारको विस्तारित भवनको आज शिलान्यास गर्दै सम्पदा संरक्षण र अवलोकनबाट स्थानीयवासीको आयमा वृद्धि गरिने जानकारी दिए । उनले क्वाःपा, द्योःछेँ, बहाल, बही, सत्तल जस्ता सांस्कृतिक सम्पदा जोगाएर गुठी परम्परालाई जीवन्त राख्न स्रोतको अभाव नभएको पनि प्रष्ट पारे ।

“भर्खर लुम्बिनी प्रदेशको रामग्राम नगरसँग भगिनी सम्बन्ध गाँसेका छौँ । यसैगरी भगवान् बुद्धको मावली घर भएको पण्डितपुरमा कोलिय शान्ति उद्यान निर्माण गर्न रु एक करोड ५० लाख विनियोजन गरेका छौँ ”, कामपा प्रमुख शाक्यले भने ।

विस्तारित भवनको लागत रु चार करोड २८ लाख हो । सोमध्ये पहिलो चरणमा करिब रु एक करोड लागतका काम हुने भवन निर्माण उपभोक्ता समितिका संयोजक अभयरत्न कंसाकारले जानकारी दिए। रासस

वि.सं.२०७७ मंसिर २० शनिवार १५:२२ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...