back
CTIZAN AD

वर्षमान पुन भन्छन् – बहुमत माओवादी बिना सम्भव थिएन, ओलीको अहंकार गलत छ

वि.सं.२०७७ मंसिर २० शनिवार

630 

shares

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य एवं उर्जामन्त्री वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा एक्लै जितेको जस्तो गरि अहंकार देखाएको भन्दै असन्तुष्टी जनाएका छन् । एक सञ्चारमाध्यमसँगको कुराकानीमा उनले ओलीको अहंकार गलत भएको बताए ।

उनका अनुसार तत्कालिन माओवादी र तत्कालिन एमाले मिल्दा नै नेकपाले केन्द्र र प्रदेशमा बहुमत प्राप्त गरेको हो । ६ वटा प्रदेशमा देखिएको बहुमत तत्कालिन माओवादीबिना सम्भव नरहेको उनको भनाई छ ।

चुनावमा आएको समानुपातिक मतमा एमाले र माओवादीबीच खासै फरक नरहेको उनले बताए । ‘तत्कालीन एमाले र कांग्रेसबीच एक सिटको मात्रै फरक छ आजको मितिमा पनि, त्यो १६ लाख स्थानीय तहको मत र पछि समानुपातिकमा १३ लाख प्लस छ किनभने त्यहाँ समानुपातिकमा उम्मेदवारी नै छैन’, पुनले भनेका छन्, ‘स्वाभाविक दुई–तीन लाख त तलमाथि हुन्छ, त्यसो त तत्कालीन एमालेमा पनि घटेको छ, माओवादीमा पनि घटेको स्विकारेका छौं, माओवादीको भोटले गर्दा ६ प्रदेशमा बहुमत छ, माओवादी थिएन भने एउटामा पनि आउँदैनथ्यो ।’

पुनले ओलीको व्यवहार एकै ठाउँमा रहन सक्ने खालको नभएको पनि बताएका छन् । ‘संघमा एक सिट समानुपातिक फरक छ भने कांग्रेस एक–दुई सिट माथि हुन्थ्यो कि तत्कालीन एमाले एक दुई सिट माथि हुन्थ्यो, सबै ठाउँमा माओवादीको समानुपातिक भोट हेर्दा पनि देखिन्छ तर, यस्तो ठूलो अहंकार ? कसरी एउटै पार्टीमा बस्न सकिन्छ त नि ? एउटै पार्टीमा बस्ने खालको व्यवहार हो त  ? त्यो पनि प्रधानमन्त्रीकै सल्लाहकारबाट’, पुनले भनेका छन् ‘प्रधानमन्त्रीलाई त्यस्ताले सल्लाह दिएपछि सरकार कसरी चल्दो होलाजस्तो लाग्छ कहिलेकाहीँ, कसरी पार्टी चल्छ, कसरी नेताहरूको सम्बन्ध सुमधुर हुन्छ जस्तो लाग्छ ।’

पुनले पार्टीभित्रको विवाद वैचारिक, राजनीतिक, व्यक्तिगत इगो र कार्यशैलीका कारण भएको बताए । उनका अनुसार दुवै अध्यक्षका प्रतिवेदन स्थायी कमिटीमार्फत छलफल गर्दै समाधान खोजिनुपर्दछ ।

वि.सं.२०७७ मंसिर २० शनिवार १५:२९ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...