back

वर्षमान पुन भन्छन् – बहुमत माओवादी बिना सम्भव थिएन, ओलीको अहंकार गलत छ

वि.सं.२०७७ मंसिर २० शनिवार

132 

shares
RBB AD
NTC AD

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य एवं उर्जामन्त्री वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा एक्लै जितेको जस्तो गरि अहंकार देखाएको भन्दै असन्तुष्टी जनाएका छन् । एक सञ्चारमाध्यमसँगको कुराकानीमा उनले ओलीको अहंकार गलत भएको बताए ।

उनका अनुसार तत्कालिन माओवादी र तत्कालिन एमाले मिल्दा नै नेकपाले केन्द्र र प्रदेशमा बहुमत प्राप्त गरेको हो । ६ वटा प्रदेशमा देखिएको बहुमत तत्कालिन माओवादीबिना सम्भव नरहेको उनको भनाई छ ।

चुनावमा आएको समानुपातिक मतमा एमाले र माओवादीबीच खासै फरक नरहेको उनले बताए । ‘तत्कालीन एमाले र कांग्रेसबीच एक सिटको मात्रै फरक छ आजको मितिमा पनि, त्यो १६ लाख स्थानीय तहको मत र पछि समानुपातिकमा १३ लाख प्लस छ किनभने त्यहाँ समानुपातिकमा उम्मेदवारी नै छैन’, पुनले भनेका छन्, ‘स्वाभाविक दुई–तीन लाख त तलमाथि हुन्छ, त्यसो त तत्कालीन एमालेमा पनि घटेको छ, माओवादीमा पनि घटेको स्विकारेका छौं, माओवादीको भोटले गर्दा ६ प्रदेशमा बहुमत छ, माओवादी थिएन भने एउटामा पनि आउँदैनथ्यो ।’

पुनले ओलीको व्यवहार एकै ठाउँमा रहन सक्ने खालको नभएको पनि बताएका छन् । ‘संघमा एक सिट समानुपातिक फरक छ भने कांग्रेस एक–दुई सिट माथि हुन्थ्यो कि तत्कालीन एमाले एक दुई सिट माथि हुन्थ्यो, सबै ठाउँमा माओवादीको समानुपातिक भोट हेर्दा पनि देखिन्छ तर, यस्तो ठूलो अहंकार ? कसरी एउटै पार्टीमा बस्न सकिन्छ त नि ? एउटै पार्टीमा बस्ने खालको व्यवहार हो त  ? त्यो पनि प्रधानमन्त्रीकै सल्लाहकारबाट’, पुनले भनेका छन् ‘प्रधानमन्त्रीलाई त्यस्ताले सल्लाह दिएपछि सरकार कसरी चल्दो होलाजस्तो लाग्छ कहिलेकाहीँ, कसरी पार्टी चल्छ, कसरी नेताहरूको सम्बन्ध सुमधुर हुन्छ जस्तो लाग्छ ।’

पुनले पार्टीभित्रको विवाद वैचारिक, राजनीतिक, व्यक्तिगत इगो र कार्यशैलीका कारण भएको बताए । उनका अनुसार दुवै अध्यक्षका प्रतिवेदन स्थायी कमिटीमार्फत छलफल गर्दै समाधान खोजिनुपर्दछ ।

वि.सं.२०७७ मंसिर २० शनिवार १५:२९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

काठमाडौं । राष्ट्रिय संयुक्त संघर्ष समितिले आगामी जेठ सातमा जन...

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण...

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुर । जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना...

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले...

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

डोल्पा । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा...

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५०...