back

कोरोनाको खोप प्रयोग गर्न दिनेमा दोस्रो बन्यो बहरानइन

वि.सं.२०७७ मंसिर २० शनिवार

174 

shares
RBB AD
NTC AD

२० मंसिर । कोरोनाको विरुद्धमा बनाइएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न स्विकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ । फिजर र यसैको जर्मन साझेदार विओनटेकले बनाएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न सकिने गरी बहराइन सरकारले स्विकृति दिएको हो ।

बहराइनको राज्यद्धारा संचालित बहराइन न्युज एजेन्सीले यो खोप प्रयोगका लागि स्विकृति दिने देशमा बेलायतपछि बहराइन दोस्रो देश बनेको उल्लेख छ । यसअघि बुधबार बेलायतले यही खोप आपतकालिन अवस्थामा प्रयोग गर्न स्विकृति दिएको थियो ।

देशको राष्ट्रिय स्वास्थ्य नियमक निकायले सवै कुरा अध्ययन गरेर यसलाई आपताकालिन अवस्थामा प्रयोग गर्न सकिने सिफारिस गरेपछि सरकारले त्यसलाई स्विकृति दिएको हो । प्रयोगका लागि स्विकृति दिएपनि कति खोप सरकारले ल्याएको छ र त्यसको प्रयोग कहिलेदेखि गरिने छ भन्ने बारेमा भने केही जानकारी दिइएको छैन ।

त्यसैगरी फिजरले पनि बहराइनसँग भएको सम्झौतामा कति खोप बहराइनलाई दिन लागिएको हो र कहिले कहिले ढुवानी हुने हो भन्नेलगायतका जानकारी दिन नमिल्ने र आफ्नो तर्फबाट गोप्य नै राखिने जनाएको छ ।

झण्डै १६ लाख जनसंख्या रहेको मुलुक बहराईनमा अहिलेसम्म कोरोनाभाइरसबाट ८७ हजार जना सङ्क्रमित भएका छन् भने ३४१ जनाको मृत्यु भएको छ । रासस

वि.सं.२०७७ मंसिर २० शनिवार १५:३६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भारतले मे १० सम्ममा माल्दिभ्सबाट आफ्ना सैनिक फिर्ता गर्ने

भारतले मे १० सम्ममा माल्दिभ्सबाट आफ्ना सैनिक फिर्ता गर्ने

माले । भारत र माल्दिभ्सले शुक्रबार द्विपक्षीय उच्च–स्तरीय समूहको चौथो...

जापानमा ८५ प्रतिशत सामाजिक सञ्जालमा जानकारी दिने नियमको पक्षमा : सर्वेक्षण

जापानमा ८५ प्रतिशत सामाजिक सञ्जालमा जानकारी दिने नियमको पक्षमा : सर्वेक्षण

टोकियो । हालैको एक सर्वेक्षणले झण्डै ८५ प्रतिशत जापानी जनताले...

भारतमा लोकसभा निर्वाचन : अवलोकनका लागि २३ देशका प्रतिनिधि उपस्थित

भारतमा लोकसभा निर्वाचन : अवलोकनका लागि २३ देशका प्रतिनिधि उपस्थित

नयाँ दिल्ली । भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन...

संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’का रुपमा घोषणा

संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’का रुपमा घोषणा

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार मे २४ लाई...

चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

बेइजिङ । चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख...

राष्ट्रपति सिद्वारा चीनमा सडक दुर्घटनापछि उद्धारकार्य र सुरक्षा सुधारको निर्देशन

राष्ट्रपति सिद्वारा चीनमा सडक दुर्घटनापछि उद्धारकार्य र सुरक्षा सुधारको निर्देशन

बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा...