back
CTIZAN AD

ओली र बामदेवबीचको वैमनस्यता सल्लाहकारबाट छताछुल्ल, एकले अर्कोलाई गरेका टिप्पणी लज्जाजनक

वि.सं.२०७७ मंसिर २१ आइतवार

825 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी उपाध्यक्ष बामदेव गौतमबीचको बैमनस्यता सामाजिक सञ्जालमा देखिएको छ । वैमनस्यता दुवैका प्रेस सल्लाहकारमार्फत सामाजिक सञ्जालमा छताछुल्ल भएको हो ।

बामदेवविरुद्व ओलीका सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जालमा विष वमन गरेसँगै गौतमका प्रेस संयोजक विष्णुमणी सुवेदीले जवाफी प्रतिक्रिया दिएका छन् । जुन निकै आक्रामक खालको छ ।

काे कस्ताे ? तस्बिर काफी छ !

Posted by Surya Thapa on Saturday, December 5, 2020

ओलीका सल्लाहकार थापाले आइतबार बिहानै बामदेवको एक विवादित तस्बिर राख्दै ‘को कस्तो ? तस्बिर काफी छ !’ भन्ने टिप्पणी गरेका थिए । अर्थपूर्णं उक्त टिप्पणी सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनेको थियो ।

जसको जवाफी प्रतिक्रियामा बामदेवका प्रेस संयोजक विष्णुमणी सुवेदीले थापाविरुद्व निकै आक्रामक अभिव्यक्ति दिएका छन् । उनले थापाको व्यक्तिगत तथा राजनीतिक जीवनमाथि नै गम्भिर खालका प्रश्नसमेत उठाएका छन् ।

जहाँ सुवेदीले सरकार र प्रधानमन्त्री ओली अलोकप्रिय हुनुको पछाडि थापाजस्ता पात्रको उपस्थिति रहेको टिप्पणी गरेका छन् । उनले ओलीका टिप्पणी अवाञ्छित हुनुको पछाडि थापाको हात रहेकोसमेत आरोप लगाएका छन् ।

साथीहरु,
सूर्य थापा भन्ने केटो, जसको काम–पेशा भन्नु नै दलाली, चाकडी र अर्काको हुर्मत लिनु हो । त्यसले नेकपा उपाध्यक्ष…

Posted by Bishwamani Subedi Bimasu on Saturday, December 5, 2020

किन भयो यस्तो दोहोरी ?

शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै गर्दा नेता गौतमले सल्लाहकारहरुको नामसमेत लिएका थिए । जहाँ उनले सल्लाहकारबाट सुर्य थापालाई हटाईनुपर्नेसमेत भनाई राखेका थिए ।

गौतमले सचिवालय बैठकमा त्यस्तो भनाई राखेसँगै ओलीका प्रेस सल्लाहकारले विवादित तस्बिरसहित प्रतिक्रिया सार्वजनिक गरेका हुन् । जहाँ ओलीको पनि बुझाई समेटिएको छ ।

शनिबारको सचिवालय बैठकमा बामदेव ओलीविरुद्व समेत उभिएका थिए । ओलीको अनिच्छा हुँदा हुँदै पनि सचिवालयले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

यसबाहेक गौतम र सुर्य थापाबीच व्यक्तिगत दुश्मनी पनि छ । गौतमले २०७४ को निर्वाचनमा आफुँलाई हराउन थापाले भूमिका खेलेको भन्दै पार्टीमा उजुरी नै दर्ता गराएका छन् । जसमाथि हालसम्म कारबाही हुन सकेको छैन् ।

वि.सं.२०७७ मंसिर २१ आइतवार १२:१४ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...