
२१ मंसिर, भक्त्तपुर । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारको छ लेन सडकमा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने अन्य तीन सामान्य घाइते भएका छन् ।
भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा८च ४७५६ नंको कार आजबिहान १२ः४५ बजे कौशलटारको बीच सडकको फलामे रेलिङ भाच्दै सडक छेउमा रहेको सिमेन्टको पोलमा ठोक्की पल्टिएको थियो । दुर्घटनामा कारमा सवार काठमाडौँ महानगरपालिका–४ धुम्बाराही पिपलबोट बस्ने ३० वर्षीया रिया श्रेष्ठको मृत्यु भएको छ ।
चार जना सवार उक्त कार अनियन्त्रित भई दुर्घटना भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। उनले घटनाबारे जानकारी पाएलगत्तै घटनास्थल पुगेर घाइते श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल पु¥याइएको बताए । घाइते श्रेष्ठको अस्पताल पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको जनाएका थिए ।
घटनापछि फरार रहेका कारका चालक मध्यपुरथिमि–१ लोकन्थली बस्ने २६ वर्षीय रञ्जित कार्कीलाई प्रहरीले बिहान नियन्त्रणमा लिइ अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए। सोही कारमा सवार रहेका मध्यपुरथिमि–५ राधेराधे बस्ने २६ वर्षीय विजय देउजा र सूर्यविनायक नगरपालिका–४ दधीकोट गाम्चा बस्ने २७ वर्षीय सुदीप थापालाई घटनाबारे प्रहरीले सोधपुछ गरिरहेको छ ।
दुर्घटनापछि कारमा सवार ती तीन जनाले नै घाइते युवतीको अवस्था हेरेर मृत्यु भएको भन्दै छाडेर फरार भएका र प्रहरीले खोजी गर्ने क्रममा बिहानै नियन्त्रणमा लिइ अनुसन्धानमा अगाडि बढाएको जनाइएको छ । दुर्घटनामा कार भने पूर्ण क्षति भएको छ । रासस