back
CTIZAN AD

पत्रकार विमसुको आक्रोश, भन्छन्–प्रधानमन्त्रीलाई बदनाम गराउने सूर्य थापालाई सम्मानित दर्जाबाट मुक्ति गराऔ

वि.सं.२०७७ मंसिर २१ आइतवार

834 

shares

२१ मंसिर, काठमाडौं । प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापामाथि यतिबेला सबैतिरबाट प्रहार भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमको बाटो काट्दै गरेको फोटो राखेर उनले ‘को कस्तो तस्बिर काफी छ’ भन्ने स्टाटस सामाजिक संजालमा राखेपछि सबैतिरबाट उनिमाथि प्रहार भएको छ ।

यहि विषयलाई लिएर उपाध्यक्ष गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदी (विमसु) ले पनि सूर्य थापाको उक्त स्टाटसमाथि टिप्पणी गर्दै उनकै कारण प्रधानमन्त्री सबैतिरबाट बद्नाम हुनु परेको भन्दै उनलाई सम्मानित दर्जाबाट मुक्ति दिलाएर पार्टी र सरकारको इज्जत बचाउनु पर्ने बताएका छन् ।

‘०७४ को चुनावमा वामदेवलाई हराउन मतियारी गरेका आधार, प्रमाणसहित पार्टीमा उजुरी परेको छ । त्यसउपर कारवाही हुनुपर्छ भन्ने पुरानै माग फेरि फेरि दोहोरिने नै भयो । तर, त्यस्तो मान्छे प्रधानमन्त्रीको सल्लाहकार बनाएर राखिएको छ,’सामाजिक संजाल फेसबुकमा लेख्दै सुवेदीले भनेका छन ‘यो सरकार अलोकप्रियता हुनु, प्रधानमन्त्रीमाथि अवाञ्छित टिप्पणी हुनुको ठूलो हिस्सा त्यही सूर्यले ओगटेको छर्लङ्ग छ । कहिले ट्वीटर ह्याण्डलबाट प्रधानमन्त्रीलाई बद्नाम बनाउने, कहिले विभिन्न व्यक्तिमाथि टिप्पणी गर्दै प्रधानमन्त्रीलाई आलोचित बनाउने, दिनरात विभिन्न नियुक्तिका बार्गेनिङ चलाएर दलाली गर्ने र प्रधानमन्त्रीप्रतिको दृष्टिकोण खराब बनाउने यस्ता घटिया मान्छेलाई त्यो सम्मानित दर्जामा किन राखिएको हो ? यस्ता प्रश्न उठ्छन् नै । अनि, आफूबारे प्रश्न उठ्यो भनेर नेताविरुद्ध सामाजिक सञ्जालमा विष वमन गर्ने कि प्रश्नका जवाफमा लाग्ने ?’

साथीहरु,
सूर्य थापा भन्ने केटो, जसको काम–पेशा भन्नु नै दलाली, चाकडी र अर्काको हुर्मत लिनु हो । त्यसले नेकपा उपाध्यक्ष…

Posted by Bishwamani Subedi Bimasu on Saturday, December 5, 2020

https://sansarnews.com/239681/

वि.सं.२०७७ मंसिर २१ आइतवार १२:१४ मा प्रकाशित

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

कारको टायरमा गोली हानेर २० हजार ट्रामाडोलसहित तीन पक्राउ

कारको टायरमा गोली हानेर २० हजार ट्रामाडोलसहित तीन पक्राउ

काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ललितपुरमा कारको टायरमा गोली...

रास्वपा लुम्बिनीको सभापतिमा घिमिरे निर्वाचित

रास्वपा लुम्बिनीको सभापतिमा घिमिरे निर्वाचित

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति...

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा...

परराष्ट्रमन्त्री खनाल चार दिवसीय भ्रमणमा चीन प्रस्थान

परराष्ट्रमन्त्री खनाल चार दिवसीय भ्रमणमा चीन प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...