back
CTIZAN AD

विद्यालयमा खानेपानीका लागि सहयोग

वि.सं.२०७३ माघ १ शनिवार

1K 

shares

१ माघ, रानीपौवा(नुवाकोट)। भूकम्प प्रभावित भवानी मावि, नुवाकोटको खानेपानी निर्माणका लागि रु दुई लाख सहयोग भएको छ ।

भूकम्पबाट पानीको मूल सुकेपछि विद्यालयमा खानेपानीको समस्या देखिएकाले सो निर्माणका लागि व्यवसायी लक्ष्मी मगराती र विद्यालय पूर्वविद्यार्थी हाल जापान निवासी आइतबहादुर तामाङले आज रु एक एक लाख सहयोग हस्तान्तरण गर्नुभयो ।

‘शुभलक्षण’ साप्ताहिक पत्रिकाले आयोजना गरेको पत्रकार अवलोकन भ्रमण कार्यक्रमबीच उहाँहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाग्यश्री लामा र निमित्त प्रअ रामप्रसाद दाहाललाई सहयोग हस्तान्तरण गर्नुभएको हो । तामाङबस्ती रहेको क्षेत्रको विद्यालयमा नौ सय विद्यार्थी अध्ययनरत छन् ।

अध्यक्ष लामाले खानेपानीका लागि जिल्ला खानेपानी कार्यालयले वास्ता नगरेका समयमा विभिन्न व्यक्तिगत सहयोगको सदुपयोग गरिने बताउनुभयो । उहाँले विद्यालय भवन पनि भत्किएकाले हालसम्म विद्यार्थी अस्थायी सिकाइ केन्द्रमा पढिरहेको अवस्थामा पुनःनिर्माणका लागि रुम टु रिडले सहयोग गर्ने भएको जानकारी दिनुभयो ।

सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले राजधानी नजिकैको विद्यालयमा राज्यबाट पर्याप्त सहयोग पुग्न नसक्नु दुःखद् भएको बताउनुभयो । सो साप्ताहिकका प्रकाशक श्यामराज पाठकले ककनी र आसपासको सामाजिक र पर्यटकीय अवस्थालाई सञ्चारमाध्यमले थप उजागर गर्नुपर्ने बताउनुभयो ।

वि.सं.२०७३ माघ १ शनिवार ०४:१३ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...