back
CTIZAN AD

अष्ट्रेलियामा रहेका मिलनले ल्याए ‘देउन दिलमा दरबन्दी’

वि.सं.२०७७ मंसिर २२ सोमवार

777 

shares

२२ मङ्सिर, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारका मिलन मिश्र र अमुदा विष्टले अष्ट्रेलियाबाट म्युजिक भिडियो ‘देउन दिलमा दरबन्दी’ सार्वजनिक गरेका छन् ।

विगत आठ वर्षदेखि अष्ट्रेलियामा बस्दै मोडलिङ र अभिनयमा सक्रिय रहँदै आएका श्रीमान्श्रीमती मिलन र अमुदाले केही महिना अगाडि नेपालको एक महिनाको बसाइमा विभिन्न जिल्लामा खिचेको म्युजिक भिडियो अष्ट्रेलियाबाटै ‘मिलअमु फिल्मस्’ मार्फत सार्वजनिक गरेका हुन् ।

देवल भण्डारीको शब्द, अस्मिता अधिकारी र उमेश खत्रीको स्वर, दीपक शर्माको सङ्गीत र नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको उक्त म्युजिक भिडियो उत्कृष्ट बनेको छ । युवायुवतीबीचको प्रेम र आकर्षणलाई रोमाञ्चक ढङ्गले प्रस्तुत गरिएको म्युजिक भिडियोमा मिलन र अमुदाको आकर्षक नृत्य देख्न सकिन्छ ।

राष्ट्रिय समाचार समितिका पत्रकार रमेश मिश्र तथा उनकी पत्नी शोभा मिश्र उत्पादक रहेको उक्त म्युजिक भिडियोलाई उत्सव दाहालले छायाङ्कन, केशवराज भट्टले कोरियोग्राफी, विकास दाहालले सम्पादन र प्रकाश धितालले निर्देशन गरेका छन् ।

यसअघि पनि मिलनले अष्ट्रेलियाको ब्रिजवेनमा रहेको पगोडा क्रियसन प्रडक्सन हाउसले निर्माण गरेको म्युजिक भिडियोमा पनि आफ्नो अभिनय प्रस्तुत गरेका छन् । इन्द्र आरपी र नीलिमा थापामगरको स्वर रहेको उक्त म्युजिक भिडियोले चर्चा पाएपछि मिश्रले धमाधम म्युजिक भिडियोमा अभिनय गर्न थालेका हुन् ।

नेपाली सिने जगत्मा आफ्नो स्थान बनाउन अष्ट्रेलिया रहँदा पनि सङ्घर्षशील मिश्रले यसअघि थुप्रै ‘सर्ट’ फिल्मदेखि चर्चित गीतको म्युजिक भिडियोमा आफ्नो अभिनय एवं नृत्य कला देखाइसकेका छन् ।
रासस

वि.सं.२०७७ मंसिर २२ सोमवार १०:११ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...