back
CTIZAN AD

क्षुद्रग्रहबाट सङ्कलन गरिएको चट्टानको नमुना अध्ययनका लागि जापान पठाइयो

वि.सं.२०७७ मंसिर २२ सोमवार

747 

shares

२२ मङ्सिर । ड्यूगु नामक क्षुद्रग्रहबाट सङ्कलन गरिएको चट्टानको नमुना बोकेको जापानी अन्तिरिक्ष यानको एक भाग दक्षिण अस्ट्रेलियाबाट सङ्कलन गरी अध्यनका लागि निरीक्षणपछि जापान पठाइएको छ ।

जापानी अन्तरिक्ष यान हायाबुसा–२ ले ड्यूगुबाट सङ्कलन गरेका ती नमुनालाई यानबाट छुट्टाएर शनिबार पृथ्वीतर्फ झारिएको थियो । सो यानले एक वर्ष सो क्षुद्रग्रहको अध्ययन गरेको थियो ।

हासावुसा–२ लाई सन् २०१४ मा अन्तरिक्षमा पठाइएको थियो भने यसले सन् २०१९ को फेब्रुअरी र जुलाईमा नमूनाहरू सङ्कलन गरेको थियो ।

प्रतिसेकेन्ड ११ किलोमिटर गतिमा झरेको सो भागको गतिलाई कम गर्न प्यारासुट प्रयोग गरी अस्टे«लियाको सेनाको नियन्त्रणमा रहेको विशाल वूमेरा क्षेत्रमा अवतरण गराइएको रएको जापानी वैज्ञानिकले बताएका छन् ।

चट्टानको अवतरणपछि उक्त स्थानको खोजी हेलिकप्टरबाट गरिएको थियो । जापानी अन्तरिक्ष एजेन्सीको पहलमा संकलन गरिएको उक्त १६ किलोको चट्टानलाई जापानले नै अध्ययन तथा भण्डारण गर्नेछ ।

वि.सं.२०७७ मंसिर २२ सोमवार ०९:५८ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...