
२२ मङ्सिर, काठमाडौँ । भारत र अष्ट्रेलिया बिच सिड्नीमा भएको दोस्रो टि-२० मा भारतले ६ विकेटले जित हासिल गरेको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १९४ रन बनाएको थियो । अष्ट्रेलियाका लागि पहिलो पटक कप्तानी गरेका म्याथ्यु वेडले ब्याटिङ्गमा सर्वाधिक ५८ रन बनाएका थिए भने स्टीवन स्मिथले ४६ रन बनाएका थिए । भारतका लागि बलिङ्गमा भने टि नटराजनले सर्वाधिक २ विकेट लिए ।
अष्ट्रेलियाले दिएको १९५ रनको विशाल लक्ष्य भारतले १९.४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि शिखर धवनले सर्वाधिक ५२ रन बनाएका थिए । त्यसैगरि खेलको अन्तिम समयमा हार्दिक पांड्याले २२ बलमा ४२ रनको विस्फोटको पारी खेल्दैँ टिमलाई जित दिलाएका थिए ।
जितसँगै भारतले ३ खेलको टि-२० श्रृखलामा १ खेल बाँकी रहदैँ श्रृखला आफ्नो नाममा गरेको छ ।