back

शोख पनि कस्तो ५ हजार पर्ने खाना खान २ लाख खर्च !

वि.सं.२०७७ मंसिर २२ सोमवार

198 

shares
NTC AD
Global IME AD

मानिसको मनमा रहेको इच्छा आकांक्षाले मानिसलाई के-के सम्म गराउँ छ अनि कहाँ कहाँ पुर्याउछ भन्ने कुरा एक जोडी उदाहरण बनेका छन् । उनीहरुले ५ हजारमा पूरा हुने आफ्नो इच्छा पूरा गर्नका लागि २ लाख खर्चिएको समाचार छ ।

रुसका भिक्टर मार्टिनोव नाम गरेका एक ३३ वर्षीय धनाढ्य युवा आफ्नी प्रेमिकासँग विदा मनाउन क्रिमिया पुगेका थिए । छुट्टी मनाउने क्रममा त्यहाँको लोकल खाना उनीहरुलाई मन नपरेपछि आफूलाई मनपर्ने खाना खानका लागि उनीहरु त्यहाँबाट ७२५ कि.मी टाढा पुगेका थिए । त्यहाँ पुग्नका लागि उनीहरुले दुई लाख तिरेर हेलिकप्टर बुक गरेका थिए ।

उनीहरु हेलिकप्टर चढेर झण्डै ५ हजार रुपैयाँ पर्ने खाना खान २ लाख खर्चेर त्यहाँ पुगेका थिए । उनले भनेका छन् ‘ म र मेरी प्रेमिका अग्र्यानिक खाना खाँदा आत्तिसकेका थियौं । हामीले आफ्नो मनपर्ने खाना खान हेलिकप्टर बुक गरेर त्यहाँ पुग्यौ अनि वर्गर खाएर फर्कियौं ।’

वि.सं.२०७७ मंसिर २२ सोमवार १३:०६ मा प्रकाशित

NLIC AD
NABIL bank AD