back
CTIZAN AD

रोमानीयाको चुनावमा विपक्षीलाई झिनो अग्रता कायम गरिँदै

वि.सं.२०७७ मंसिर २२ सोमवार

672 

shares

२२ मंसिर, बुखारेस्ट । रोमानीयाको मुख्य विपक्षी दल सोसल डेमोक्रेटिक पार्टी पिएसडी ले संसदको आमनिर्वाचनमा झिनो अग्रता कायम गरेको छ । करिब ९८ प्रतिशत मतगणना भइसक्दा पिएसडीले ३१ प्रतिशत मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगका अनुसार पूर्व अनुमान विपरीत सत्तारुढ दल नेसनल लिबरल पार्टी एनएलपीले २६ प्रतिशत मतसहित दोस्रो स्थानमा पुगेको छ ।

संसदमा उपस्थिति जनाउन आवश्यक पर्ने ५ प्रतिशतको मतसीमा तीन वटा दलले प्राप्त गरेका छन् । प्राप्त विवरण अनुसार युएसआर–प्लस गठबन्धनले १५ प्रतिशत, अलायन्स फर युनिटी अफ रोमानियन्स एयुआरले प्रतिशत तथा डेमोक्रेटिक युनियन रोमानीयाले ६ प्रतिशत मत पाएका छन् ।

चुनावअघि गरिएका धेरैजसो मतसर्वेक्षणको प्रक्षेपणलाई गलत सावित गर्दै चुनावमा भिन्न नतिजा प्राप्त भएको छ ।

राष्ट्रवादी नारा दिएर गत वर्षमात्र गठन भएको युएसआर–प्लसले आश्चर्य चकित पार्दै संसदमा सम्मानजनक उपस्थिति जनाएको छ ।

कोरोनााभाइरस महामारीकै बीचमा सम्पन्न यस चुनावमा ७ हजार १३६ जना चुनावी मैदानमा उत्रिएका थिए । रोमानीयामा १ करोड ८० लाख मतदाता थिए । तर चुनावमा ३१।८४ प्रतिशत मात्र मतदान भएको थियो, र यो विगत ३० वर्षमै सबैभन्दा कम मतदान हो ।

चुनावी पछिल्लो मतपरिणामले संसदमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेका छैनन् । त्यसैले आगामी सरकार गठबन्धन स्वरुपको हुनेमा कुनै शंका छैन ।
रासस

वि.सं.२०७७ मंसिर २२ सोमवार १५:१७ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...