
२२ मङ्सिर, मोरङ । धनपालथान गाउँपालिका–१ गडेरीया चोकबाट भन्सार छलि नेपालबाट भारततर्फ लैजाँदै गरेका करिब ५ लाख २१ हजार रुपैयाँ मूल्य बराबरका ४७ वटा गाई गोरु आइतबार राति प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले ती गाई गोरु नियन्त्रणमा लिएको हो ।
बरामद गाई गोरू आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।