२३ मंसिर, काठमाडौँ । दक्षिणकाली नगरपालिकाले दक्ष सक्षम तथा अनुभव भएको कर्मचारीको माग गरेको छ ।
फर्पिङ स्थित उक्त नगरपालिकाले सञ्चालित रोजगार सेवा केन्द्रको लागि आवश्यक प्राविधिक सहायक पद करारमा स्थानिय सेवाको पाँचौ तहको लागि एकजना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
उक्त नगरपालिकाका अनुसार ईच्छुक व्यक्तिले शैक्षिक योग्यताका सम्पूर्ण कागजपत्र सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र निवेदन दिनुपर्ने छ ।
थप जानकारीका लागि नगरपालिकाको वेव ठेगाना www.dakshinkalimun.gov.np तथा www.pmep.gov.np मा उपलब्ध रहेको जानकारी दिएको छ ।
वि.सं.२०७७ मंसिर २३ मंगलवार १०:२९ मा प्रकाशित

























