back
CTIZAN AD

विपन्न परिवारलाई सोलार बत्ती वितरण गर्दै वडाध्यक्ष विनाडी

वि.सं.२०७७ मंसिर २३ मंगलवार

696 

shares

२३ मङ्सिर, डोटी । डोटीको बडिकेदार गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता बुद्धिसागर विनाडीले आफ्नै लगानीमा वडाका अतिविपन्न १० घरपरिवारलाई सोलार बत्ती वितरण गरेका छन् ।

नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएपछि उनले हरेक वर्ष सरकारबाट आफूले पाउने सेवासुविधाको रकमबाट त्यहाँका विपन्न तथा आर्थिक स्थिति कमजोर भएका परिवारलाई निःशुल्क सहयोग गर्दै आएका छन् । सोहीअनुसार वडाध्यक्ष विनाडीले यो वर्ष लाखौँ रकमको लगानीमा सोलार बत्ती वितरण गरेका हुन् ।

आफ्नो वडामा बत्ती नभएर अँध्योरोमा जीविका चलाउँदै आएका विपन्न परिवारको समस्यालाई ध्यानमा राखी आफूले कम्तीमा पनि १० घरपरिवारलाई सोलार बत्ती वितरण गरेको वडाध्यक्ष विनाडीले बताए ।

उनले भने, “गाउँमा बत्ती नभएर अँध्यारोमा बसेका नागरिकको दुःख देखेर मैले वडाबाट पाउने भत्तालगायतका शीर्षकबाट आउने रकमबाट बत्ती जडान गरेको छु, अहिले १० घरपरिवारले उज्यालो पाएका छन्, मसहित उनीहरू पनि खुशी छन् ।”

वडाध्यक्ष विनाडीले सोलार बत्ती वितरण गरेपछि सो वडाका नागरिक निकै खुशी भएको स्थानीयवासी चक्र चन्दले बताए । उनले भने, “विपन्न परिवारलाई विगतदेखि खाद्यान्न, लुगाकपडासहित वितरण गर्दै आएका वडाध्यक्ष विनाडीले यो वर्ष उज्यालोका लागि सोलार वितरण गरेका छन्, जो आफैँमा राम्रो काम हो ।”

सोलार जडान गरिएपछि उक्त वडाका अधिकांश घर अहिले झिलीमिली बनेको स्थानीयवासी बताउँछन् । बत्ती जडान भएसँगै अहिले त्यहाँका स्कुले बालबालिकालाई राति पढ्न तथा मोबाइल चार्जदेखि घरमा राति उज्यालो बाल्नका लागि सहज भएको अर्का स्थानीय हर्क मगरले बताए ।

उनले भने, “बत्ती नहुँदा छोराछोरीले सल्लाको दियालो बालेर राति पढ्ने गर्दथे, मोबाइल चार्ज गर्न पनि छिमेकी गाउँमा जानुपथ्र्यो, अहिले बत्ती जडान भएपछि सबै सहज भएको छ ।” सो वडामा अहिलेसम्म पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुग्न सकेको छैन ।
रासस

वि.सं.२०७७ मंसिर २३ मंगलवार १०:१३ मा प्रकाशित

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...