back
CTIZAN AD

ठूला ढुङ्गाको अभावले महाकाली पुल निर्माण प्रभावित

वि.सं.२०७७ मंसिर २४ बुधवार

783 

shares

२४ मंसिर, महेन्द्रनगर । महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलको काम ठूला ढुङ्गा नपाउँदा प्रभावित भएको छ । पुलसँगै गड्डाचौकीसम्म बन्ने छ लेनको पहुँच मार्ग कालोपत्र शुरु हुन थाले पनि पुलको चौतर्फी बन्ने बाँध निर्माणको काम भने ढुङ्गा नहुँदा रोकिएको छ ।

यहाँको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन पुलको तटबन्ध बनाउन काम ढुङ्गाकै कारण रोकिएको निर्माण कम्पनीको गुनासो छ । सुदूरपश्चिमको व्यापारिक नाकाका रुपमा हेरिएको पुलको दुवैतर्फ पाँच हजार ४०० मिटर बाँध निर्माण गर्नुपर्ने योजनामा रहेको छ । “नदीको पारि र वारि गरी दुवैतर्फ दुई हजार ७०० लम्बाइ भएको बाँध निर्माण गर्नुपर्ने ठेक्कामा उल्लेख छ”, पुल निर्माण गरिरहेको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्स्ट्रक्सन कम्पनी सिएफासीको संयुक्त लगानीका प्रबन्ध निर्देशक प्रेमकुमार श्रेष्ठले भने, “ढुङ्गा नपाउने हो भने आउँदो बर्सातमा पुल पुग्नसम्म बनाएको पहुँच मार्ग सबै नदीले बगाउने चिन्ता छ ।”

उनले ढुङ्गाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अन्य निकायसित समन्वय गरिरहेको बताए । आठ सय मिटरको पुल भए पनि पुलको वारिपारि छ÷छ सय मिटर पहुँच मार्ग महाकाली नदीमै पर्छ । “पहुँच मार्गमा भर्ने काम सकेर अस्थायीरुपमा बनाए पनि बर्सातमा बाँध भएन भने पुल बीचमा झुण्डिने अवस्था छ”, श्रेष्ठले भने ।

त्यसैगरी कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्स्ट्रक्सन कम्पनीका इन्जिनीयर किशोरराज पाण्डेयले बाँधका लागि एक लाख ४१ हजार घनमिटर ढुङ्गा आवश्यक पर्ने बताए । “करीब ७० प्रतिशत ढुङ्गा २६० किलोग्रामभन्दा बढी तौलका चाहिन्छ”, इञ्जिनीयर पाण्डेयले भने, “पुलसम्म पुग्ने ६०० मिटर पहुँच मार्ग जोगाउन बाँध अति आवश्यक छ ।”

महाकाली पुलको हालसम्म ५७ प्रतिशत काम सकिएको छ । “पुलको मात्रै भन्ने हो भने ७० प्रतिशत काम सकिएको छ”, उनले भने, “पहुँच मार्गको सुरक्षा नै बाँधले दिने हो ।” उनले स्थानीयस्तरमा ढुङ्गाका लागि पहल गरिए पनि उपलब्ध हुन नसकेको बताए । २०७४ साल भदौदेखि शुरु भएको निर्माणको अवधि आगामी २०७८ फागुन १२ गतेसम्म तोकिएको छ । रु तीन अर्ब ६७ करोडको लागतमा बन्ने पुलअन्तर्गत ७।८ किलोमिटर लम्बाइको छ लेनको पहुँच मार्ग पनि रहेको छ ।

पुलको दुवैतर्फ १।२ वर्गकिलोमिटर क्षेत्रफलका दुईवटा पोखरीसमेत निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । महाकाली पुल योजना कार्यालयका इञ्जिनीयर धु्रवकुमार झाले ढुङ्गाको समस्याको विषयमाथि मन्त्रालयसम्म पु¥याइएको बताए । इञ्जिनीयर झाले भने, “निर्माण व्यवसायीले ढुङ्गा ल्याउन खोज्दा अवरोध भयो र हामीले फाइल माथि पठायौँ ।” उनले ढुङ्गा नहुँदा हाल निर्माण भएका पुलबाहेकका अन्य संरचना धरापमा पर्ने सम्भावना रहेको बताए । रासस

वि.सं.२०७७ मंसिर २४ बुधवार १६:१६ मा प्रकाशित

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...