
२६ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय महिला र पुरुष फुटबल टिमको तलब बढेको छ । यस अघि समानता नभएको महिला र पुरुषले टिमको तलबमा समानता पनि आएको छ ।
यसअघि पुरुष खेलाडीले १५ हजार र महिला खेलाडीले मासिर ७ हजारका दरले तलब पाउदै आएको मा एन्फाले दुबै टिमको तलब समान बनाउदै १८ हजार पु¥याएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले राष्ट्रिय पुरुष र महिला टिमको तलब वृद्धि गर्दै मासिक १८ हजारका दरले दिने निर्णय गरेको एन्फा स्रोतले जनाएको छ ।
एन्फा कार्यसमिति बैठकले खेलाडिको गलब बृद्धि र राष्ट्रिय टिमको प्रशिक्षकमा बालगोपाल महर्जनलाई नियुक्त लागाएत ए डिभिजन लिग र मैत्रीपूर्ण खेल, लगायत अन्य विभिन्न विषयमा निर्णय गरेको थियो ।