
२५ मंसिर, काठमाडौँ । रुकुम अस्पताल रुकुम(पूर्व)ले केही पदहरुका लागि कर्मचारी माग गरेको छ ।
स्थायी दरबन्दी रिक्त पदमा अस्थायी ढंगले पदपूर्ती गर्ने गरी कर्मचारी माग गरिएको बुधबार(मंसिर २४ गते) जारी सूचनामा जनाइएको छ ।
योग्यता पुगेका र इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले एकसाता भित्रमा कार्यालयमा दरखास्त दिनु पर्नेछ ।