Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

तपाईको आज शनिबारको राशिफल भन्छ-आज यी ६ राशिकालाई हुनेछ विशेष फाइदा



मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ । तर, विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ । वादविवादले साथीभाइमा असमझदारी निम्त्याउनेछ । उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ । निम्तो आए पनि भेटघाट गर्न केही समय प्रतीक्षा गर्नुहोला । मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । व्यापारको बहानामा यात्रा हुन सक्छ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ । पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
अवसर र व्यवधानका बीचबाट काम अघि बढ्नेछ । धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ । कामको मेसो नमिल्दा बुद्धिको उपयोग गर्नुहोला । अरूको विश्वास जित्न केही समय लाग्नेछ । तापनि प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ । श्रम परे पनि अरूको उपकार गर्न सकिनेछ । मिहिनेत नपुग्दा अध्ययनमा प्रगति नहुन सक्छ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
फाइदा नहुने काममा समय बित्नेछ । परिस्थितिवश परिवारजनलाई धेरै समय दिनुपर्ला । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ । नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन् । दोहोर्याएर प्रयत्न गर्दा काम बनाउन सकिनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
चिताएका काम सम्पादन हुनेछन् । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि प्रशस्त नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो 
अरूका लागि बुद्धि र धन खर्चनुपर्नेछ । नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन् । वादविवादमा अघि नसर्नुहोला । समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ । ईर्ष्या गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनुपर्ने हुन सक्छ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । आवश्यकता पूरा गर्न केही रकम सापट लिनुपर्ला ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ । विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ । रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। कामको अवसरले हौसला जाग्नेछ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । अपरिचितको विश्वास गर्दा धोका हुन सक्छ । अवसरका लागि निकै दौडधुप पनि गर्नुपर्ला । छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । व्यवसायमा अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्न सक्छ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आम्दानी बढ्नाले उत्साह जाग्नेछ । मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नाले जिम्मेवारी समेत बढ्न सक्छ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । प्रतिष्ठित काम गर्दै केही रकम सञ्चय गर्न पनि सकिनेछ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काम गर्ने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा फाइदा हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ ।

कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
पहिलेका कमजोरी बाहिर आउनाले चुनौतीसँग जुध्नुपर्ला । आँटले काम लिन नसक्दा पछि परिनेछ । अहिलेको फाइदा हेर्दा पछिको फाइदा घट्नेछ । कामको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले फाइदा उठाउनेछन् । सानातिना काममै अल्झनुपर्दा उद्देश्यबाट अलि विचलित भइने समय छ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अस्वस्थ शरीर लिएरै काममा जुट्नुपर्ला । केही समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । विगतका कमजोरीमा क्रमशः सुधार आउनेछ । लगनशीलताले उपलब्धि हातलागी हुनेछ । काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ ।

२०७७ मंसिर २७ गते, शनिवार, (१२ डिसेम्बर २०२०) 
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (शुक्रबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत ६ महानगरको मतगणना चलिरहेको छ ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४