
२७ मंसिर, काठमाडौं । सानिमा बैंकको १६ औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल, नारायण चौरसँगको सहकार्यमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैँचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कोभिड–१९ को जोखिम न्यूनिकरण गर्न आवश्यक सुरक्षा नीति अपनाइएको थियो ।
रक्तदान २०७७ मंसिर २६ गते शुक्रबार दिउँसो १ बजे देखि ३ बजेसम्म आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरका थिए ।
सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटिएम संचालनमा रहेका छन् ।