back
CTIZAN AD

कविता तस्करहरू

वि.सं.२०७७ मंसिर २७ शनिवार

639 

shares

तस्करहरू पहिलोपटक
सुटुक्क हाम्रो घरभित्र घुसे
हाम्रै बैठककोठामा बसेर
आफ्ना प्रस्तावमा छलफल गराए
र, स्वअनुकूल निर्णय लेखाएर
अभिलेख पुस्तिकाको तस्करी गरे ।

तस्करहरू पहिलोपटक
लुसुक्क हाम्रो घरभित्र घुसे
हाम्रै भान्साकोठामा बसेर
आफ्ना स्वादअनुकूल परिकार बनाए
र, हामीलाई बेढङ्गी लतमा फसाएर
भण्डार कोठाको तस्करी गरे ।

तस्करहरू पहिलोपटक
खुसुक्क हाम्रो घरभित्र घुसे
हाम्रै पूजाकोठामा बसेर
आफ्नो आस्थाको भजन गाए
र, देखादेखी संस्कारको हेराफेरि गरेर
भगवानको तस्करी गरे ।

तस्करहरू पटकपटक
जबर्जस्ती हाम्रो घरभित्र घुसे
बैठककोठादेखि पूजाकोठासम्म चहारेर
हाकाहाकी आफ्नो प्रभुत्व झण्डा गाडे
र, हाम्रै दरबारको शकुनि बनेर
बारम्बार अस्मिताको तस्करी गरे ।

तस्करहरू पहिलोपटक
खुलेआम हाम्रो घरभित्र घुसे
हाम्रै फूलबारीमा बसेर
पुतलीहरूको प्रतिकृति बने
र, छद्म स्वरूपमा हामीलाई भड्काएर
सहिष्णुताको तस्करी गरे ।

तस्करहरू पटकपटक
जबर्जस्ती हाम्रो घरभित्र घुसे
बैठककोठादेखि पूजाकोठासम्म चहारेर
हाकाहाकी आफ्नो प्रभुत्व झण्डा गाडे
र, हाम्रै दरबारको शकुनि बनेर
बारम्बार अस्मिताको तस्करी गरे ।

तस्करीको उन्माद बढेपछि
कुनै दिन तिनै तस्करहरू
आफ्नै घरको तस्करी गर्न थाल्नेछन्
र, बन्डा गर्नेछन् आफैँभित्र हुर्किएको भ्रुणहरू
हो त्यही दिनदेखि
तस्करहरूको कथित साम्राज्य ढल्नेछ
अनि त्यही जगमा उभिनेछ हाम्रो नयाँ घर ।

वि.सं.२०७७ मंसिर २७ शनिवार १०:३४ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...