back
CTIZAN AD

मेरा पाँच मुक्तकहरु

वि.सं.२०७७ मंसिर २७ शनिवार

723 

shares

१.
म कहिल्यै जानि जानि दुख, दिन्न तिम्रो आँशु झार्दिन
जस्तै सङ्कट आओस मायाँमा, पाईला अन्त सार्दिन
मेरो आराधाना तपस्या तिमी, यो जन्म अनि जन्मान्तर
म जिउँदै हुदा सम्म तिमीलाई, कहिल्यै एक्लो पार्दिन…
२.
मायाँ गर्छु भन्दै तिमी, मेरो जीवनमा आएपछि
दुःख सुख सँगै जिउँछु, भन्दै मायाँ लाएपछि
पीडा ब्यथा सबै भुलें, आँशु पनि झर्न छोडे
घाईते मुटु निको भयो, तिम्रो मायाँ पाएपछि ….
३.
छक्कै परुन् सारा संसार, त्यस्तो मायाँ गर्न सकुँ
जति जुनी पाए पनि, तिम्रै भागमा पर्न सकुँ
सत्य मायाँ गर्ने मान्छे , कस्ता हुन्छन् भन्दाखेरि
मेरै नाम लिउन् सबले, यत्ति गरि मर्न सकुँ …
४.
जुन दिन मेरो नाम पछाडि, तिम्रो त्यो थर हुनेछ
सारा संसारको अघि हाम्रो, मायाँको सुन्दर घर हुनेछ
सुख हुँदा पनि सँगै, दुःख हुँदा पनि सँगै
तिम्लाई मेरो मलाई तिम्रो, एक अर्काको भर हुनेछ …
५.
अमृत जस्तो मिठो बोली, उस्तै राम्रो तिम्रो बानी
मनकी पनि सफा तिमी, मायाँकी झन् रैछौ खानी
तिमी जस्ती मान्छे पाए, मैले संसार जित्न सक्छु
आऊ तिमी यो जीवनमा, बनाई राख्छु मनकी रानी …

वि.सं.२०७७ मंसिर २७ शनिवार १०:३६ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...