
संस्कार समाज भित्र बकवास भो
चलन खरानी भै उड्ने बतास भो
आधुनिक नयाँ सभ्यता भित्राएर
पुर्खाको संस्कृति सम्पदा विनाश भो
गमलामा कृतिम फूल रोपेपछि
वसन्त रङ्गाउने फूल पँलास भो
व्यवस्था प्रति उत्तरदायी नहुँदा
देश कुहिरोमा पर्छ कि, सन्त्रास भो
साम्राज्यमा धेरै कुरा छन् पढेका छौँ
जित्नेको बखान लेख्ने इतिहास भो
वि.सं.२०७७ मंसिर २७ शनिवार १०:३० मा प्रकाशित






























