back
CTIZAN AD

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा बझाङको राजकोटमा

वि.सं.२०७७ मंसिर २७ शनिवार

735 

shares

२७ मंसिर, काठमाडौं । सनराइज बैंक लिमिटेडले बझाङको जयपृथ्वी नगरपालिका–३ राजकोटमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

बैंकले जयपृथ्वी नगरपालिका वडा नं ३,राजकोटमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा विष्णु बहादुर खड्कालार्ई नियुक्त गरेको छ। सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखा संख्या ५४ पुगेको छ ।

उक्त कार्यक्रममा चैनपुर शाखाका अपरेशन इन्चार्ज नबराज रोकाया र अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ। कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ।

वि.सं.२०७७ मंसिर २७ शनिवार १०:२६ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कति छ आजका लागि नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजका लागि नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...