
२७ मंसिर, काठमाडौं । सनराइज बैंक लिमिटेडले बझाङको जयपृथ्वी नगरपालिका–३ राजकोटमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
बैंकले जयपृथ्वी नगरपालिका वडा नं ३,राजकोटमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा विष्णु बहादुर खड्कालार्ई नियुक्त गरेको छ। सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखा संख्या ५४ पुगेको छ ।
उक्त कार्यक्रममा चैनपुर शाखाका अपरेशन इन्चार्ज नबराज रोकाया र अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ। कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ।