back
CTIZAN AD

कविता: निस्कनु अनिवार्य छ अब !!

वि.सं.२०७७ मंसिर २७ शनिवार

756 

shares

एकाएक
अविदित
उचालेर जुरुक्क
लुकेका\छिपेका
-रौस,रोमान्समा
-आनन्दविभोरमा
उन्मत्त साँढ भेडाहरू
निस्केका छन् -सडक किनारा
सिङ घुमाएर-अदृश्यमा
सिँगौरी खेलेर-सुनसानमा
-निस्तव्ध सन्नाटाभित्र !
-सम्मोहन मन्त्रित
चलाख भेडीका पुच्छर उचालेर
सुम्सुम्याउँदै
र सुँघ्दै
सकेसम्म आनन्दका
राल निकालेर
फिँज छोप्दै गरेका
-मत्त
-उन्मत्त
एउटी भेडी संसार ठान्ने
र अनाधिकार भेडो नै
समग्र ठान्दै
चरमानन्दको तृप्ति
अनुभूत गरिरहेका
सिँगौरी साँढ भेडाहरू
र मनोन्माद भेडीहरू
जुनसुकै बेला
जतिसुकै जमातमा
जुनसुकै दिशा उफ्रेर
जतासुकैबाट
अनायास
अकल्पनीय ढङ्गले
भित्र छिर्न सक्छन्
छिटै निस्कनु अनिवार्य
थियो-हिजो
रहेको छ-आज
सायद-हुनसक्छ भोलि !!!

वि.सं.२०७७ मंसिर २७ शनिवार ०८:४८ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...