back
CTIZAN AD

कविता: आजको म

वि.सं.२०७७ मंसिर २७ शनिवार

1K 

shares

चुसेँ देश लुछ्दै बनाएर रोगी ।
घुमेँ शान पस्की कुरौटे म ढोँगी ।।
दुखुन् भोक बल्झी कहाँ देख्छ आँखा ?
सबैले नबुझ्ने सधैं फेर्छु भाका ।।०१।।

लडून् रोग लागी कहाँ छुन्छ चेत ?
स्वयम् भेट्न आऊन् दिँदै दिन्न भेट ।।
मरून् नित्य मान्छे ढली बारबार ।
कलासाथ रोई भिजाएँ मुहार ।।०२।।

हिजो साथ जोजो थिए दूर राखूँ ।
सबै अर्थ बोक्ने कलाज्ञान छानूँ ।।
कुरौटे म छेकूँ दिई एक थैली ।
सधैं स्नेहभाका भजून् मान भैली ।।०३।।

सुसारे छँदै छन् खुसी स्वर्गमा छु ।
सधैँ लाठ रक्षा मिली ढुक्क पर्छु ।।
बडा कष्ट बल्झी दुखून् लाग्छ जाती ।
झरे अश्रु गोही भनेँ यो नढाँटी ।।०४।।

सबै कर्म मेरा बुझून् योग्य ठान्छु ।
खुली सत्य बोले निमोठेर खान्छु ।।
धरामाथि बस्ने धराकै म ईश ।
पुजारी बनेको खुलाऊँ म भेष ।।०५।।

अरूको प्रशंसा सुने दुख्छ छाती ।
फुकूँ नित्य राम्रो बुझाऊँ छ जाती ।।
दिने योग्य अर्ती सबै दुष्ट मेरा ।
तिनै दुख्न थाल्दा खुसी हाल्छ डेरा ।।०६।।

भयो सत्यता त्यो सधैं दुष्ट मेरो ।
बसूँ भ्रष्ट लाग्ने जमाएर फेरो ।।
इमानी म मान्ने भजोस् भक्ति गान ।
सबै सत्य पोखेँ नराम्रो नठान ।।०७।।

गमी सिर्जनाको बजाएर डम्फू ।
हिँडून् योग्य मान्छे बनाऊँ म लम्फू ।।
छ कुर्सी हियामा छुटे जान्छ प्राण ।
म बोलूँ मिटाऊँ म नेता महान ।।०८।।

छन्द: भुजङ्गप्रयात

वि.सं.२०७७ मंसिर २७ शनिवार ०८:४५ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...