back
CTIZAN AD

कविता: चर्केको भित्ता

वि.सं.२०७७ मंसिर २७ शनिवार

681 

shares

सँधै गाई बाख्रा हराइरहे भनेर
गलहत्याएकै हो गोठालोलाई लट्ठी खोसेर
कसैको थालमा धेरै
कतै औसानीसम्म हाल्न पुग्नेगरी भात दिने
पक्षपाती भान्सेलाई कटाएकै हो डाँडा
अहोरात्र मात्र भजन रटाइरहने शिक्षकलाई
आमूल काटछाँट गरेर
टिचर नाउँको चरा नियुक्त गर्दा पनि
उही ‘गोपी कृष्ण कहो’ रट्दैछन बबुरा बालकहरु
गंगाजललाई विस्थापन गरेर
पवित्र होली वाइनले आचमन गर्न सिकाउँदैछ
मन्दिरको नयाँ पुजारी
उस्तै …हैन अझै धेरै लथालिङ्ग छ घर आज
घामको न्यानो छिराउँन भत्काइदैछ
धमाधम घरका भित्ताहरु ।

वि.सं.२०७७ मंसिर २७ शनिवार ०८:४२ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...