back
CTIZAN AD

कविता: चार हरफका दुई कृति

वि.सं.२०७७ मंसिर २७ शनिवार

633 

shares

कैयौं बर्षदेखि
अन्तर मनमा गढेको
महाकाव्य र उपन्यास लेख्ने
उत्कट अभिलाषा पूरागर्न
भव्य तयारी थालेँ ।

दसकौं चिन्तन गरेँ
दर्जनौं पुस्तक अध्यायन गरेँ
ख्यातिप्राप्त विद्धान र विदुषीहरुसँग
विश्वव्यापी रुप मै
अन्तरकृया र छलफल गरेँ स
अनेकौं दुर्लभ पुस्तकालय चाहारेँ ।

योजना बुन्दाबुन्दै
जीवनका सूर्य अस्ताउँन लागे
जीवनको बत्तीनिभ्नु अगावै
महाकाव्य
लेखिसिध्याउँने विचार आयो

लेख्न सुरु गरेँ ।

उपन्यासको नामाकरण गरेँ
‘प्रेम’
यो कृति पनि-दुई पेजमै टुङ्गियो
प्रथम पेजमा लेखेँ
‘प्रेम-आनन्द हो’

अन्तिम पृष्ठमा लेखेँ
‘प्रेम नै महान् दुःख हो ।’

महाकाव्यको नामाकरण गरेँ
‘जीवन’
पहिलो पृष्ठ लेखिसिध्याएँ
‘जन्म–महादुःख’
बिचका कुनै पृष्ठमा
लेख्न आवश्यक ठानिन
अन्तिम पृष्ठमा लेखेँ
‘मृत्यु–महासुख ।’

पाण्डुलिपि
प्रकाशक कहाँ पठाएँ ।

सच्याउँन अनुरोध आयो
‘जन्म–महासुख
मृत्यु–महादुःख’

सच्याउँन मन लागेन
महाकाव्य थातिराखेँ

उपन्यास लेख्न सुरु गरेँ ।

उपन्यासको नामाकरण गरेँ
‘प्रेम’
यो कृति पनि-दुई पेजमै टुङ्गियो
प्रथम पेजमा लेखेँ
‘प्रेम-आनन्द हो’

अन्तिम पृष्ठमा लेखेँ
‘प्रेम नै महान् दुःख हो ।’

उपन्यास
प्रकाशक कहाँ पठाएँ
फेरि सच्याउँन भनिएला
वा ! छापिएला
व्यग्र– प्रतीक्षामा छु ।

वि.सं.२०७७ मंसिर २७ शनिवार ०८:३५ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...