
कैयौं बर्षदेखि
अन्तर मनमा गढेको
महाकाव्य र उपन्यास लेख्ने
उत्कट अभिलाषा पूरागर्न
भव्य तयारी थालेँ ।
दसकौं चिन्तन गरेँ
दर्जनौं पुस्तक अध्यायन गरेँ
ख्यातिप्राप्त विद्धान र विदुषीहरुसँग
विश्वव्यापी रुप मै
अन्तरकृया र छलफल गरेँ स
अनेकौं दुर्लभ पुस्तकालय चाहारेँ ।
योजना बुन्दाबुन्दै
जीवनका सूर्य अस्ताउँन लागे
जीवनको बत्तीनिभ्नु अगावै
महाकाव्य
लेखिसिध्याउँने विचार आयो
र
लेख्न सुरु गरेँ ।
उपन्यासको नामाकरण गरेँ
‘प्रेम’
यो कृति पनि-दुई पेजमै टुङ्गियो
प्रथम पेजमा लेखेँ
‘प्रेम-आनन्द हो’
र
अन्तिम पृष्ठमा लेखेँ
‘प्रेम नै महान् दुःख हो ।’
महाकाव्यको नामाकरण गरेँ
‘जीवन’
पहिलो पृष्ठ लेखिसिध्याएँ
‘जन्म–महादुःख’
बिचका कुनै पृष्ठमा
लेख्न आवश्यक ठानिन
अन्तिम पृष्ठमा लेखेँ
‘मृत्यु–महासुख ।’
र
पाण्डुलिपि
प्रकाशक कहाँ पठाएँ ।
सच्याउँन अनुरोध आयो
‘जन्म–महासुख
मृत्यु–महादुःख’
सच्याउँन मन लागेन
महाकाव्य थातिराखेँ
र
उपन्यास लेख्न सुरु गरेँ ।
उपन्यासको नामाकरण गरेँ
‘प्रेम’
यो कृति पनि-दुई पेजमै टुङ्गियो
प्रथम पेजमा लेखेँ
‘प्रेम-आनन्द हो’
र
अन्तिम पृष्ठमा लेखेँ
‘प्रेम नै महान् दुःख हो ।’
उपन्यास
प्रकाशक कहाँ पठाएँ
फेरि सच्याउँन भनिएला
वा ! छापिएला
व्यग्र– प्रतीक्षामा छु ।
वि.सं.२०७७ मंसिर २७ शनिवार ०८:३५ मा प्रकाशित






























