
क्या नाची रहेथे चञ्चल ती नानी ;
भए आँखा चार भएँ पानीपानी ।
भयो घाइते मुटु नयनका तीरैले ;
किन चोट पार्छौ अझै जानीजानी ?
थियो दिल खाली तिमीलाई सजाएँ ;
एकाएक गुलजार भयो जिन्दगानी ।
भयो नाता गाढा दिलसंग दिलको ;
बनेछ सुटुक्कै सुनौलो कहानी ।
घरिघरि डुल्न खोज्छन् अङ्ग अङ्ग ;
दोषी हुन् यी आँखा र मेरो जवानी ।
मैले एकतर्फी ठानेको हो आफ्नो ;
भए केही गल्ती होस् माफी रिसानी ।
वि.सं.२०७७ मंसिर २७ शनिवार ०८:३२ मा प्रकाशित






























