
२७ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका तर्फबाट बजार व्यवस्थापन तथा प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालका तर्फबाट अध्यक्ष विन्द्रा कक्षपती प्रधानले हस्ताक्षर गरेका छन्।
बैंकले सम्झौतापश्चात आइडिया नेपालको अफिसियल बैंकिङ पार्टनरका रुपमा काम गर्नेछ र आइडिया नेपालका सम्पूर्ण सदस्यहरुलाई आवश्यक बैंकिङ सेवामा विशेष सहुलियत प्रदान गर्ने जनाएको छ । आइडिया नेपाल इन्टेरिएर डिजाइनरहरुको छाता संगठन हो। यो संस्था आफ्ना सदस्यहरुको वृत्ति विकासका साथै पेसागत हकहितका लागि कार्यरत रहेको छ।