
दिमाग भन्छ त सँग सबथोक छ,
अनि तेतिनै बेला मनले भन्छ
त अब हरेक दिन एक्लो हुँदै छस्
दिमाग र मनका कुराहरुको यो द्धन्द्धमा,
तपाईं कस्लाई रोज्नुहुन्छ
तपाईं मनको कुरा मान्नु हुन्छ कि
दिमाग कै कुरा ठिक हो ठान्नु हुन्छ
आजभोली म मनको कुरा सुन्ने भएर होला
दिमागले पनि मनले जसरी नै सोच्न लागेछ
तपाईलाइ कहिलेकाहीँ सबथोक छोडेर
टाढा जाउ जस्तो लाग्दैन
अनि तेतिनै बेला तपाईंलाई यस्तो पनि लाग्दैन कि
सबैबाट टाढा भएको दिन मलाइ सम्झेर
कस्का आँखा चाहिँ रसाउलान् ?
म औधी दुःखी छु,
मेरा जति पनि साथि छन् सबै दुःखी नै छन्
म जस्लाइ माया गर्छु उ पनि औधी दुःखी छे
म दुखैदुःख को जन्जिरमा हुर्किएको भएर होला,
मलाइ दुःखी मान्छेको छिट्टो बिश्वास लाग्छ !
साच्चै सोच्नुस त ..
तपाईं सबैबाट टाढा हुँदा,
तपाईलाइ सम्झेर कस्का आँखा रसाउलान !
अनि कस्का मन रसाउलान् !
अनि, कस्का आँखा र मन दुबै रसाउलान् !
आँखा रसाउनु र मन रसाउनुमा के फरक छ ?
मलाइ मेरो हजुर आमाले भन्नू हुन्छ कि..
बाबू आँखा रसायो भने त छिट्टै ओभाउछ तर,
मन रसायो भने सम्हाल्न गाह्रो हुन्छ, औधी गाह्रो हुन्छ
तिमिलाइ कसैले हातले पिट्दा
मन भन्दा नि आँखा छिटो रसाउँछ
तर तेतिनै बेला तिमिलाइ कसैले वचनले पिट्छ भने
तिम्रो आँखा भन्दा धेरै मन रसाउछ ।
म औधी दुःखी छु,
मेरा जति पनि साथि छन् सबै दुःखी नै छन्
म जस्लाइ माया गर्छु उ पनि औधी दुःखी छे
म दुखैदुःख को जन्जिरमा हुर्किएको भएर होला,
मलाइ दुःखी मान्छेको छिट्टो बिश्वास लाग्छ !
मेरो एउटा साथीले मलाइ हरेक दिन दुःख पोख्दै भन्छ कि ..
सम्राट, मलाइ किन श्वास फेर्नै गा¥हो भए जस्तो लाग्छ,
जन्मेदेखी आजसम्म जति नुहाए आँसु सँग मात्र
अब त जिन्दगी पनि वाक्क लाग्दो भैसक्यो यार,
अनि तेतिनै बेला मलाइ उस्लाइ अंगालो मारेर भन्न मन लाग्छ कि,
धत, लाटा म छु नि तेरो लागि
तर,
तर मैले म छु नि तेरो लागि भनिरहँदा
वचनले काँध थाप्नु र साच्चै केही गर्नुमा कस्को जित हुन्छ
किन कि म पनि
किन कि मन मेरो पनि उस्कै जस्तो दुःखी छ !
दुखी हुनु र दुख व्यक्त गर्नुमा तपाइलाइ
कुन कुराले धेरै सन्तोष दिन्छ ?
सबैका दुःखलाइ एउटा थुप्रो बनाउने हो भने
कति ठूलो पहाड बन्छ होला है !
अनि ती सबैका दुःखलाई सुन्ने हो भने देखि
दुःख कति किसिमका हुन्छन होला है !
वि.सं.२०७७ मंसिर २७ शनिवार १०:५२ मा प्रकाशित






























