
अपरोक्ष रुपमा साक्षात्कार गर्नुनै
मानव जीवनको परं पुरूषार्थ हो
संसार जान्नु भनेको जगतमा
अल्मलिनु भुल्नु लिप्त हुनु
आशक्त हुनु हुरुक्क मरिमेट्नु होइन ।
यस्मा बसेर पसेर फसेर
अत्यान्तिक कल्याण हुदैन भन्ने बुझेर
छोड्नका लागि जगत बुझ्नु परेको हो
आफु को हो ?
जगत के हो ?
ईश्वर के हो ?
आफ्नो लक्ष्य के हो ?
यसरी आत्मा वा अध्यात्मको
चिन्तन गर्ने क्रममा लागि पर्नुनै पुरूषार्थ हो
पुरूष अर्थात जीवले जसलाई चाहन्छ
त्यसलाई पुरूषार्थ भनिन्छ ।
व्यक्तिका भेदले पुरूषको इच्छा
बिषय असंख्य भएता पनि
तिनलाई धनादि बिषयहरु भएता पनि
शरिरमा शक्ति नभएको हुनाले
तिनीहरुले भोग गर्न सक्दैनन् ।
धर्मलाई काम र अर्थ प्राप्तिको
साधन मानिए को हो
यिनै धर्म, अर्थ, काम र मोक्ष
चारनै पुरूषार्थ हुन्
परम् सुखलाई प्राप्तगर्नु या
मोक्ष पाउनुनै पुरुषार्थ हो ।
कसै कसैमा बिषयहरुको भोग गर्ने
शक्ति भएता पनि उक्त धनादि
बिषयहरु नभएको कारणले
बिषय भोग जन्य सुख प्राप्त गर्न सक्दैनन् ।
अतः दुबै प्रकारका पुरूषहरुले
चाहन्छन कि हामीहरु संग धनादि
बिषय पनि हवस् एवं यिनै,
बिषयहरुलाई हामी भोग पनि गरौ
अतः एवं यिनी दुबैलाई नै पुरुषार्थ मानिन्छ ।
धर्मलाई काम र अर्थ प्राप्तिको
साधन मानिए को हो
यिनै धर्म, अर्थ, काम र मोक्ष
चारनै पुरूषार्थ हुन्
परम् सुखलाई प्राप्तगर्नु या
मोक्ष पाउनुनै पुरुषार्थ हो ।
आफ्नो दृष्टिले बिना विचार
माथी माथीबाट हेर्ने हो भने पनि
धर्म र कामलाई पनि पुरुषार्थ नै भनिन्छ ।
किनकि
धर्म र काम देखि क्षणिक
बिषय सुख प्राप्त हुन्छ नै
धर्म देखि कामार्थ मिल्छ
त्यसकारण तिनलाई पुरुषार्थ
भनिएको हो ।