back
CTIZAN AD

कविता: मानव जीवनको पुरुषार्थ

वि.सं.२०७७ मंसिर २७ शनिवार

2.8K 

shares

अपरोक्ष रुपमा साक्षात्कार गर्नुनै
मानव जीवनको परं पुरूषार्थ हो
संसार जान्नु भनेको जगतमा
अल्मलिनु भुल्नु लिप्त हुनु
आशक्त हुनु हुरुक्क मरिमेट्नु होइन ।

यस्मा बसेर पसेर फसेर
अत्यान्तिक कल्याण हुदैन भन्ने बुझेर
छोड्नका लागि जगत बुझ्नु परेको हो
आफु को हो ?
जगत के हो ?
ईश्वर के हो ?
आफ्नो लक्ष्य के हो ?

यसरी आत्मा वा अध्यात्मको
चिन्तन गर्ने क्रममा लागि पर्नुनै पुरूषार्थ हो
पुरूष अर्थात जीवले जसलाई चाहन्छ
त्यसलाई पुरूषार्थ भनिन्छ ।

व्यक्तिका भेदले पुरूषको इच्छा
बिषय असंख्य भएता पनि
तिनलाई धनादि बिषयहरु भएता पनि
शरिरमा शक्ति नभएको हुनाले
तिनीहरुले भोग गर्न सक्दैनन् ।

धर्मलाई काम र अर्थ प्राप्तिको
साधन मानिए को हो
यिनै धर्म, अर्थ, काम र मोक्ष
चारनै पुरूषार्थ हुन्
परम् सुखलाई प्राप्तगर्नु या
मोक्ष पाउनुनै पुरुषार्थ हो ।

कसै कसैमा बिषयहरुको भोग गर्ने
शक्ति भएता पनि उक्त धनादि
बिषयहरु नभएको कारणले
बिषय भोग जन्य सुख प्राप्त गर्न सक्दैनन् ।

अतः दुबै प्रकारका पुरूषहरुले
चाहन्छन कि हामीहरु संग धनादि
बिषय पनि हवस् एवं यिनै,
बिषयहरुलाई हामी भोग पनि गरौ
अतः एवं यिनी दुबैलाई नै पुरुषार्थ मानिन्छ ।

धर्मलाई काम र अर्थ प्राप्तिको
साधन मानिए को हो
यिनै धर्म, अर्थ, काम र मोक्ष
चारनै पुरूषार्थ हुन्
परम् सुखलाई प्राप्तगर्नु या
मोक्ष पाउनुनै पुरुषार्थ हो ।

आफ्नो दृष्टिले बिना विचार
माथी माथीबाट हेर्ने हो भने पनि
धर्म र कामलाई पनि पुरुषार्थ नै भनिन्छ ।

किनकि
धर्म र काम देखि क्षणिक
बिषय सुख प्राप्त हुन्छ नै
धर्म देखि कामार्थ मिल्छ
त्यसकारण तिनलाई पुरुषार्थ
भनिएको हो ।

वि.सं.२०७७ मंसिर २७ शनिवार १०:४८ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...