
म नेपाली हुँ
मलाई नेपाली हुनमा गर्ववोध छ
मलाई नेपाली संस्कृति मन पर्दछ
तर अहिले कोरोनाले सिंगो देश आक्रान्त छ,
कोरोनाले आफन्तहरु भेन्टीलेटरमा छट्पटी रहेका छन्
वैदेशिक रोजगारीमा गएका गाउँका आफन्तहरु
मृत्यु शैय्यामा छट्पटीमा परिरहेका छन्
कोरोनाका कारण विदेशमा रहेका
लासहरु स्वदेश ल्याउन नपाउँदा
छिमेकीका परिवारजन छट्पटी र,
शोकाकुलमा रहेका छन्
कोरोनाले गर्दा गांस, वास छुटेर
वेरोजगारीमा पर्नु परेको वेला
यो कोरोनामा सहारा खोज्दै हिँड्दा
मैले सामाजिक संजाल भरि
वर्थडेमा केक खुवाउदै गरेको
दृश्य भाइरल भएको देखे
म झसङ्ग भए
म कतै अर्कैदेशमा त गइरहेको छैन ?
किनकि, त्यहाँ त उत्सव र हर्षाेल्लाष छ
त्यहाँ दुखः वेदना प्रति सहयोग र,
ऐक्यबद्धता मैले देखेको छैन
केवल छ त शुभकामना आदान–प्रदानको
र, केक खुवाउने र खानेको
शायद मैले बाटो विराए होला
मैले त मेरो देश खोजेको छु
दुखः सुखमा साथ दिने,
मेरा आफन्तजन खोजेकोछु
जहाँ नेपाली पन पाउने छु
जहाँ भर अभर अैचौ पैचो पाउने छु
किनकि म नेपाली हुँ
हो, म नेपाली हुँ
वि.सं.२०७७ मंसिर २७ शनिवार १०:४५ मा प्रकाशित






























